मगही भाषालाई समाप्त गर्न षडयन्त्र भैरहेको: मन्त्री भरत साह

न्यूज डेस्क     २०७८ श्रावण २५, सोमबार ११:१७ बजे मा प्रकासित


बलिराम कापरी/जनकपुरधाम, साउन २५
आइतबार गायत्री कुञ्जको सभाहलमा मगही भाषाको किताब ‘मगही दर्पण स्मारिका’ बिमोचन कार्यक्रमको प्रमुख आतिथ्य प्रदेश नं.२ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले मगही भाषाको अन्त्य गर्न षडयन्त्र भैरहेको बताउनु भएको छ ।

मगही दर्पण स्मारिका किताबको विमोचन प्रमुख अतिथि लगायत मञ्चमा आसिन अतिथिहरुले किताबको अनावरण गरेर गर्नुभयो । कार्यक्रममा सो स्मारीका ५० वटा भन्दा बढी निशुल्क वितरण गरिएको थियो । डेस्कमा आसिन अतिथिहरुलाई ब्याच तथा मगही गमछा लगाएर सम्मान गरिएको थियो ।

सो कार्यक्रममा मन्त्री साहले प्रदेश नं. २ मा ९८ प्रतिशत मगही भाषाको प्रयोग भएको बताउनुभयो । मगही भाषा तथा साहित्यको विकासको लागि मगही अभियन्ताहरुले मिहिनेत गर्न जरुरी छ । भने संचार मन्त्रालयको कोषबाट यस भाषाको उत्थानको लागि सहयोग गर्ने बताउनुभयो । वहाँ मगही भाषाको विकासको लागि तथ्यांकपूर्ण रुपमा नेपाल समक्ष जानको लागि यसपालिको जनगणनामा भाषा कलममा मगही लेख्न जानकारी गराउनु भयो ।

त्यस्तै डा. रामस्वार्थ राय, डा.चन्देश्वर साहले मगहीबाट अन्य भाषाको विकास भएको हो । यो पुरानो भाषा हो बताउनुभयो । समाजिक विकास मन्त्रालयले ओबिसि उत्थान समिति स्थापना गरेपनि आफूहरुलाई बेवास्ता गरेको आरोप समेत लगाउनुभयो ।

त्यसैगरी मगही फाउन्डेसनका अध्यक्ष बीरबहादुर महतोको अध्यक्षतामा भएको कार्यक्रम मगही सम्पूर्ण साथीहरुलाई बधाई तथा प्रगतिको कामना गर्नुभएको थियो । भने विशिष्ट अतिथिमा मगही फाउण्डेशको उपाध्यक्ष भुवनेश्वर महतो, डा.रामस्वार्थ राय, डा.चन्देश्वर साह, कविर सन्त आलोक, आसमान नेपाल उमेश मण्डल, फुलगेन मगही, मगही गायक श्याम यादव लगायत विभिन्न क्षेत्रका बुद्धिजिवि, कवि, सुरक्षाकर्मी, पत्रकार गरी सयौ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरुललाई प्रशंसा पत्र प्रदान गरिएको थियो । भने मगही भाषा अभियानीहरुलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया





Top