पत्रकार अनन्त अनुराग सम्मानित

न्यूज डेस्क     २०७८ आश्विन ७, बिहीबार ०७:०८ बजे मा प्रकासित


काठमाडौं । प्रेस काउन्सिलको समाबेशी पत्रकारिता पुरस्कार–२०७८ बाट एबीसीकर्मी अनन्त अनुराग सम्मानित भएका छन् । २०६० साल देखि निरन्तर एफ. एम. रेडियो, टेलिभिजन पत्रकारिता मार्फत संघियता, समाबेशीताको मुद्धामा पत्रकार अनुराग बहस, छलफल र कलम चलाउदै आएका छन ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई पुरस्कार प्रदान गरेकी छन् ।प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्दै आएको छ । यो वर्ष काउन्सिलले १० वटा शीर्षकमा पुरस्कारहरू वितरण गरेको हो ।विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका अनन्त अनुराग हाल एबिसी टेलिभिजनलमा बहस कार्यक्रम सन्चालन गर्दै आइ रहेका छन ।

प्रतिक्रिया





Top