जनकपुरधाम। धनुषा जिल्लाको सबैला नगरपालिकामा वडा नं. ३ मा पर्ने हुने दुर्गा पुजा कलश यात्रामा हजारौ श्रद्धालु भक्तजनको सहभागी हुने मेला समितिले जनाएको छ । सबैला नगरपालिका वडा नं. ३ सबैलामा रहेको दुर्गा मन्दिरमा लाग्ने देबी भागवतको तथा मेलाको तयारी अन्तिम चरणमा रहको मेला समितिले जनाएको छ ।
घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ । तराइ मधेशमा धनुषा सबैला लगायत विभिन्न ठाँउ ठाउहरुमा कलश यात्रा निकालिएको हो ।
सबैला नगरपालिका वडा नम्बर ३ सबैला बजारमा रहेको दुर्गा मन्दिरको प्राङगढबाट बाजागाजासहित निकालिएको कलश यात्राले वडाका बिभिन्न भागको परिक्रमा गदै सताेषरधाम कलशमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको स्थानीय समाजसेवी राजनीतिकर्मि हरेराम यादव (नथुनि) ले बताएका छन ।
सबैला नगरपालिकाका मेयर र वडा अध्यक्ष गाउका बुद्धिजीवी सहित सहभागी रहेको थियो ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड पर्व दशैको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।
प्रतिक्रिया