आदर्श महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न।।

न्यूज डेस्क     २०७८ मंसिर १९, आईतवार २१:२५ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, १८ मंसिर सर्लाही ।।

सर्लाहीको गोडैतामा संचालित आदर्श महिला बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष सुभद्रा देवीको अध्यक्षता र आर.आर.पि.के मलंगवाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहको प्रमुख आतिथ्यतामा गोडैता बजार स्थित श्री बेणी भोला नमुना माध्यमिक विद्यालयको प्रांगणमा साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारणसभा मार्फत संस्थाका व्यवस्थापक एवं प्रबन्धक रासनारायण राउतले संचालक समितिको तर्फबाट आ.व. २०७७÷०७८ को लेखा परिक्षण प्रतिवेदन तथा संस्थाको गतिविधि प्रस्तुत गरेका थिए ।

उनले सहकारीको आर्थिक वर्ष ०७७÷०७८ सम्ममा रु १ करोड ६४ लाख ४८ हजार ७ सय १८ कर्जा लगानीबाट बृद्धिभइ कर्जा लगानी बाँकी रु २ करोड ३७ लाख २५ हजार ६७३ रुपैया देखिएको जुन गतवर्षको तुलनामा ६९.३२ प्रतिशतले वृद्धि भएको,
त्यस्तै आ.व ०७७÷०७८ सम्म सेयर पुँजी २० लाख ८७ हजार ३ सयबाट वृद्धि भएर २७ लाख ४४हजार १ सय पुगेको जुन गतवर्षको ८ तुलनामा ३१.४६ प्रतिशतले वृद्धि भएको उनले जानकारी गराए ।

यसैगरी सोही आ.व सम्म निक्षेप रकम २९ लाख ४० हजार २ सय ८७ रुपैयाबाट वृद्धि भइ ४३ लाख ८३ हजार ९६ रुपैया पुगेको जुन ४९.७ प्रतिशतले वृद्धि भएको छ ।संस्थाको वासलात पनि वृद्धि भएर ६८.२६ प्रतिशत पुगेको छ ।

संस्थाले आ.व २०७६÷०७७ मा आयकर पछिको मुनाफा ४ लाख ५ हजार ४१२ रुपैया तथा आ.व ०७७÷०७८ मा ७ लाख ५३ हजार ८ सय २२ रुपैया खुद बचत गरेको छ।संस्थाले गतवर्ष ८५.९३ प्रतिशत शेयर लाभांश वितरण गरेको प्रबन्धक राउले जानकारी गराएको छ ।
वि.स.२०६३ वैशाख २० गते साविक बगदह गाविसका २७ जना सदस्यहरुबाट प्रेरणा परियोजना कार्यलय मंलगवाको सहयोगमा स्थापना भएको यस संस्थामा हाल ४८९ वटा शेयर सदस्य आबद्व भईसकेका छन ।

यस संस्थाले आर्थिक बर्ष ०७७÷०७८ सम्मको अवधि सम्ममा उक्त शेयर सदस्यहरुलाई संस्थामा आबद्व गराउनुको साथै ३ करोड ६ लाख ३६ हजार ९९४ को कारोबार गर्न सफल भएको लेखा समितिले जनाएको छ ।

घुरन यादवले संचालन गरेको कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, प्रेरणा परियोजना मलंगवाका कार्यालय प्रमुख मुकेश झा र साकोस सिसौटका अध्यक्ष हरिन्द्र राउतको विशिष्ट आतिथ्यता रहेको उक्त सभामा सेन्चुरी बैंक गोडैता शाखाका अरविन्द देवकोटा,

हाम्रो महिला साकोसका व्यवस्थापक मोती प्रसाद श्रेष्ठ, साझा विकास साकोसका लालबाबु ठाकुर, साना किसान बरहथवाका प्राविधिक राम प्रसाद राय लगायत संचालक समिति तथा लेखा समितिका सदस्यहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया





Top