मधेशका ९ लाख विपन्न नागरिकको जीवन कष्टकर: बल्ल दाउरा खोज्दै प्रदेश सरकार

मधेशपाटी अनलाइन     २०७८ पुष ९, शुक्रबार १८:२० बजे मा प्रकासित


प्रदेश नीति तथा याेजना आयोगको भनाइमा सुरक्षित घर, न्यानो लुगा र बाक्लो सिरकको अभावमा प्रदेश–२ मा शीतलहरले झण्डै ९ लाख विपन्न बिचल्लीको अवस्थामा छन् । तर, नजिकको प्रदेश सरकार बल्ल दाउरा खोज्न हतारिंदैछ ।

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामा गाउँमा एउटा टहरो छ । टहरोको माथि छत खुला जस्तै छ । माटोले लिपेका टाटीहरू भत्किसकेका छन् । वर्षामा घरभित्र राखेको सबै थोक भिज्छ; हिउँदको चिसो चारैतिरबाट टहरामा पस्छ । यही टहरामा पाँच जनाको परिवार बस्छ— रामकरण मण्डल, उनकी पत्नी संजु र तीन छोरा ।

टहरा भित्र बाँस ठड्याएर एउटा मचान (अस्थायी खाट) बनाइएको छ । मचानमा पराल थुपारिएको छ । मचानको तलपट्टि अर्काेतर्फ भुइँमै पराल थुपारेर ओछ्यान बनाइएको छ । मचान र त्यसको तलको गरेर दुई ओछ्यानमा यी पाँच जनाले हिउँदको चिसो रात कटाउँछन् ।

उनीहरूको आफ्नो भन्नु केही थोत्रा भाडा बाहेक अरूले दिएका केही पुराना कपडा छन् । यसपालि एउटा ओढ्ने पनि मागेर ल्याएका छन् । ‘सुतेको बेला त्यही मागेर ल्याएको कपडा ओढे पनि चारैतिरबाट हावा पस्छ । चिसोले रातभरि निद्रा आउँदैन’ संजु भन्छिन्, ‘छानो पनि भत्किएको छ, माथिबाट पनि हावा पस्छ ।’

तीन वर्षअघिसम्म यो परिवारको दुई धुर जग्गामा आफ्नै सानो घर थियो । मजदूरी गरेर परिवारको पेट पाल्ने काम गर्थे संजुका पति । अकस्मात् उनलाई पेटमा समस्या भयो । ‘धेरै दुख्न थालेपछि जनकपुरमा जँचाउन जाँदा लिभरको अप्रेसन गर्नुपरेको थियो’ संजु भन्छिन्, ‘त्यसबेला त्यही दुई धुर घडेरी राखेर ऋण लिई श्रीमान्को अप्रेसन गराएका थियौं । पछि ऋण दिने व्यक्तिले पैसा माग्दै कुटपिट गर्न थालेपछि त्यही घडेरी बिक्री गरेर ऋण चुक्ता गर्‍यौं।’

 

अहिले उनीहरू भाडामा जग्गा लिएर त्यहीं छाप्रो हालेर बसेका छन् । प्रत्येक महीना ५०० रुपैयाँ भाडा तिर्नुपर्छ । यही भाडाको झुपडीमा उनीहरू पुस, माघको यो कठ्याङ्ग्रिंदो जाडो काटिरहेका छन् । ‘श्रीमान् बिरामी परेपछि गाउँमा मजदूरी गर्न म जान्छु’ संजु भन्छिन्, ‘त्यो कमाइले छाक टार्न समस्या छ, जाडोको कपडा कसरी जोहो गर्नु ?’

१०, ७ र ४ वर्षका तीन छोराकी आमा संजु आफू त जसोतसो रात काट्ने तर छोराहरूले जाडो भयो भन्दा आफ्नो आत्मा रुने बताउँछिन् । उनी भन्छिन्, ‘के गर्नु हाम्रो भाग्य नै यस्तै छ । जहिलेसम्म बाँचिन्छ, बाँच्नै पर्‍यो ।’

 

धनुषाकै सबैला नगरपालिका–७ मट्टहीमा मुसहर समुदायको बसोबास छ । यसमध्येका लक्ष्मण सदाको परिवारलाई यसपालिको जाडो कसरी कटाउने भन्ने चिन्ता छ । ‘आफू एउटा हाफ प्यान्टका भरमा छु’ उनी भन्छन्, ‘छोराहरूलाई परालको ओछ्यानमा सुताउनु परेको छ । हामीसँग अरू लुगा, कपडा छैनन् ।’

यही टोलका शिवजी सदाको अवस्था पनि उस्तै छ । प्रत्येक वर्ष आउने जाडोले आफूहरूलाई धेरै पिरोल्ने बताउँछन् उनी । ६० वर्षको उमेरसम्म आफूले जाडोमा कहिल्यै न्यानो कपडा लगाउन नपाएको सुनाउँदै शिवजी भन्छन्, ‘घरपरिवारको पेट पाल्नै समस्या हुन्छ, न्यानो कपडा कसरी किन्ने र ?’ लुगा त कहिल्यै हुँदैनथ्यो, शिवजी सदालाई यसपालिको जाडोमा चिन्ता दाउराको छ । उनी भन्छन्, ‘यसपालि त आगो बाल्ने दाउरा समेत छैन । कसरी धान्ने हो ?’ मटही टोलका धेरैजसोको अवस्था यस्तै छ ।अनलाइन खबरमा श्रवण देव लेखिएको थप पढन……….

https://www.onlinekhabar.com/2021/12/1056527

प्रतिक्रिया





Top