दुई गाउँपालिका अध्यक्षसहित उपाध्यक्ष, वडाध्यक्ष ओली समूहमा प्रवेश

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन ३, मंगलवार ०८:०३ बजे मा प्रकासित


रुपन्देही । रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव प्रवेश गरेका हुन् ।

तराईको राजनीतिमा प्रभावशाली नेता कार्यकतासहित उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरे ।

केवट र हरिजन माओवादी केन्द्र निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । त्यस्तै यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन् ।

एमाले रुपन्देही धकधईमा विशाल कार्यक्रम गरी उनीहरुलाई पार्टीमा स्वागत गरेको हो । ओमसतियाको सिंगो माओवादी कमिटी १ हजार २०० सदस्य सहित एमालेमा प्रवेशको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउदै उपाध्यक्ष पौडेलले २०७४ मा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताए ।

प्रतिक्रिया





Top