काठमाडौं । मधेस प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले श्रीराम ब्यामशालाको उद्घाटन गरेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता मधेस प्रदेशको उपसभापति, संगठन विभाग प्रमुखसमेत रहेका मन्त्री सिंहले एक कार्यक्रमबीच जनकपुरधाममा निर्माण भएको श्रीराम ब्यामशालाको बुधबार उद्घाटन गरेका हुन् । यो जिम हल प्रदेश सरकारको खेलकुद मन्त्रालयले निर्माण गरेको हो ।
मन्त्री सिंहको परिकल्पनामा प्रदेशका ८ वटै जिल्लामा युवाहरु स्वस्थ र सक्रिय बनाउन पहिलो चरणमा सदरमुकाममा जिम हल खोल्ने योजना अघि बढेको छ । यसलाई पालिकास्तरमा विस्तार गर्ने मन्त्री सिंहको पहल योजना छ । मधेसका हरेक पालिकामा जिम हल खोलेर युवाहरुलाई सक्रिय बनाउने, स्वस्थ बनाउने र रोजगारीका लागि योग्य बनाउने उद्देश्य लिएका छन् ।
मन्त्री सिंहको पहलकदमीले मधेस प्रदेशका युवाहरुमा खुसियाली छाएको छ । युवाहरु जिम हलमा अभ्यास गर्न उत्सुक रहेका छन् । जनकपुरमा जिम हलको उदघाटन गर्दे मन्त्री सिंहले यो सुरुवात भएको बताए । उनले यसलाई सबै जिल्ला र पालिकामा पुर्याइने बताए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, उपमेयर किशोरी साह, श्रीराम युवा कमिटीका पदाधिकारी तथा पूर्वअध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया