मधेश प्रदेश : बलात्कार आरोपमा एक सहकारी प्रबन्धक यादव पक्राउ

न्यूज डेस्क     २०७९ भाद्र २, बिहीबार २२:१२ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको महोत्तरीमा रहेको सोनमा गाउँपालिका वडा नम्बर  ७ बस्ने ३५ वर्षीय गौशला नगरपालिका वडा नम्बर ५ स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक शत्रोधन यादवलाई एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ।

मंगलवार आरोपि यादवले २० वर्षीय महिला कर्मचारी माथि बलात्कार प्रयास गरेको भनि इलाका प्रहरी कार्यालय गौशलामा पीडितले दिएको उजुरीको आधारमा यादवलाई आज साँझ गिरफ्तार गरिएको हो ।

सहकारीमा ड्युटीको समयमा ती महिला कर्मचारीलाई खाता खोल्नुपर्ने कार्य छ भनि आफ्नो घर मै बोलाएर बलात्कार प्रयास गरेको भनि पीडितले जनाएकी छिन् ।

पीडित महिलाले आफू माथि संस्थाबाट लिएको पेश्की बापतको १३ हजार ५ सय रकम मिन्हा गरिदिने प्रलोभन समेत दिएर जबरजस्ती गर्न खोजेपनि आफू प्रतिकार गर्दै त्यहाँबाट भागेर इलाका प्रहरी कार्यालय पुगेर उजुरी दिएकी बताईन् ।

घटना लगतै आरोपी यादव फरार भएका थिए । उनलाई उजुरी परेपछि खोजतलास गर्दै विहिवार गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर रन्जन मिश्रले जानकारी दिए ।

पीडितको स्वास्थ्य परिक्षण प्राथमिक स्वास्थ्य केन्द्र गौशला मै मंगलवार नै गरिएको प्रहरीले जनाएको छ।

घटना सन्दर्भमा सहकारीकी अध्यक्ष सुनिता चौधरीले यादव माथि यस्तो आरोप पहिले देखि पनि आइरहेको हुँदा उनलाई छानबीन गरि कानुनी कारबाहीको माग गरीन्।

प्रतिक्रिया





Top