सर्लाही, धनकौल।। सर्लाहीको क्षेत्र नं ४ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” बाट नेपाली काँग्रेसका प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्य पदमा माननीय मन्त्री विरेन्द्र प्रसाद सिंह को नाम एकल सिफारिस भएको छ । धनकौल गाउँपालिका वार्ड न. २ स्थित नेपाली काँग्रेसको क्षेत्रीय कार्यलयमा प्रतिनिधि तथा सदस्यहरुको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आगामी मंसिर ४ गतेका दिन हुन गईरहेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पठाउनुपर्ने प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नामावली छनौट गरि सम्बन्धित निकायमा सिफारिस गर्नका लागि आज बैठक बसेका थिए ।
नेपाली काँग्रेस सर्लाही निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” मा मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार छनौट कार्यक्रम सर्व सम्मत रूपमा सम्पन्न भएको क्षेत्रीय सभापति रामाश्रय साहले जानकारी दिए ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं ४ प्रदेश सभा निर्वाचन क्षेत्र नं (१) का जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, क्षेत्रिय पदाधिकारी, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्य लगायतको कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।








प्रतिक्रिया