सर्लाहीका एकैपालिका ३ खेलाडी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट ।।

मधेशपाटी अनलाइन     २०७९ आश्विन ३, सोमबार ११:४९ बजे मा प्रकासित



राधेश्याम कुशवाहा, सर्लाही ।।नवौं राष्ट्रिय खेलकुदमा प्रदेश स्तरीय खेल प्रतियोगिताका लागि सर्लाहीका एकै गाउँपालिकाका ३ खेलाडी छनौट हुन सफल भएका छन ।

कब्बडी खेलका लागि छनौट हुन सफल हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका आशा कुमारी महतो, चन्द्रीका कुमारी राउत र विवेक कुमार महतो रहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
उनिहरु सर्लाही जिल्ला स्तरीय खेला प्रतियोगिताबाट छनौट भएर मधेश प्रदेश स्तरीय खेल प्रतियोगितामा सहभागी हुन जनकपुरधाम जान लागेका हुन । यो सम्पूर्ण चन्द्रनगर गाउँपालिकाबासीको लागि गौरवको विषय रहेकोे उहाँ बताउँछन ।

हामी सबैको शुभकामना तथा आर्शिवाद हाम्रा तीनै जना युवा खेलाहीहरुको साथमा रहोस भन्ने भगवान संग प्रार्थना गर्दै छु, उनले भने । प्रदेश स्तरीय खेलबाट छनौट भई नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने अवसर प्राप्त होस भन्दै उहाँले सफलताको कामना गर्दै शुभकामना समेत व्यक्त गरे ।

 

चन्द्रनगर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि छनौट हुन सफल तीन जना खेलाडी सहित कोच संतोष कुमार सिंह लाई खेलमा सहभागी हुन सहज होस भन्दै ट्रयाक र जुता प्रदान गरेको छ । उनिहरुको आत्मविश्वास र हौसला बढाउन प्रमुख प्रशासकिय अधिकृत मदन कुवरले प्रदेश स्तरीय खेलमा सहभागी हुन प्रस्थान गर्नु अगाडी माला र खादा लगाएर सम्मान गर्दै शुभकामना दिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

प्रदेश स्तरीय खेल प्रतियोगितामा सफल भई छनौट हुने खेलाडी २०७९ असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुने नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुन मौका पाउने छ ।

प्रतिक्रिया





Top