बलरामा मेयर कप सुरु, माननिय रायले गरे उदघाटन ।

मधेशपाटी अनलाइन     २०७९ फाल्गुन १५, सोमबार १२:३७ बजे मा प्रकासित


सर्लाही ।। सर्लाहीको बलरा नगरपालिका वार्ड न. ७ स्थित जनता माविको खेल मैदानमा पहिलो मेयर कप सुरु भएको छ ।
आज एक कार्यक्रमका बिच पूर्व संविधान सभा सदस्य शिवपुजन रायले उदघाटन गरेका हुन ।

कार्यक्रमको उदघाटन पुर्व माननिय रायले क्रिकेट खेलेर गर्नुभएको थियो, भने मेयर रामाशंकर कुशवाहाले बलिंग गरेका थिए । नगरका १२ वटा टिमका बिच हुने मेयर कपमा प्रथम हुने टोलीलाई २५,००० हजार नगद, दोश्रो हुनेलाई १५,००० र तेस्रो हुनेलाई १०,००० हजार सहित कप, मेडल सहित प्रमाण पत्रको व्यवस्था गरिएको मेयर कप संयोजक अमित कुमार सिंहले जानकारी दिए ।

मेयर कपलाई उदघाटन गर्दै पूर्व संविधान सभा सदस्य शिवपूजन रायले खेलकुदको माध्यमबाट स्थानिय स्तरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत छुटै पहिचान दिलाउन सकिने भएकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँले जोड दिए ।

यसबसाट शरिरलाई स्वास्थ पनि राख्न मदत गर्छन, उहाँले भने । स्वस्थ नागरिक उत्पादनमा पनि मद्दत मिल्ने उहाँको भनाई थियो । बलरामा सुविधा सम्पन्न खेलकुद मैदान निर्माणका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्वतता समेत उहाँले व्यक्त गरे ।

बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले स्थानिय स्तरमा राम्रो खेलाडी उत्पादन र भएका खेल प्रतिभालाई प्रोत्साहन गर्न मेयर कपको आयोजना गरेको बताए । शिक्षा, स्वास्थ जस्तै खेलकुदको विकास बिना नगरको विकासको कुनै औचित्य नहुने बताउदै नगरले खेलकुदलाई पनि प्राथमिकतामा राखेको उहाँको भनाई थियो ।

यहाँबाट उत्पादन भएका खेलाडी मधेस प्रदेश तथा राष्ट्रिय टिममा खेल्ने अवसर प्राप्त गरोस भने चाहना राखेका छौं, उहाँले भने । यसका अगामी आर्थिक बर्षदेखि थप बजेट विनियोजन गरी भव्य तथा सभ्य तरिकाले खेलकुद आयोजना गरिने बताए । बलरा नगरमा कम्तिमा एउटा सुविधासम्पन्न खेलकुदको मैदानको आवश्यकता महसुस गरेको बताउदै निर्माणका लागि पहल गरिने उहाँले बताए ।

 

बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहलाई उमेश कुशवाहाले संचालन गरेका थिए । उदघाटन समारोहमा प्रमुख अतिथि पूर्व संविधान सभा सदस्य शिवपूजन राय, गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, जिल्ला प्रहरी कार्यलय,

सर्लाहीका प्रहरी उपरिक्षक नरेश सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय सर्लाहीका उपनिर्देशक संन्तोष ढुंगेल, नगरका ११ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, खेलाडी, संचारकर्मीको साथै हजारौंका संख्यामा स्थानियवासीहरुको सहभागिता रहेको कार्यक्रम संचालक उमेश कुशवाहाले जनाएको छ ।

 

प्रतिक्रिया





Top