जनकपुरधाम । धनुषामा एक महिला श्रीमानको सबै बिदेशमा कमाएको पैला लिएर फरार भएकी छन् ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा ३ सिकियाहा बस्ने राम जिवन मुखियाको श्रीमति श्रीमानले विगत १५ बर्षदेखि कमाएको सबै पैसा गहना सम्पति लिएर फरार भएकी हुन ।
मुखियाले विदेशमा १५ बर्षदेखि कमाएर जम्मा गरेको सबै रकम लिएर फरार भएको बताइएको छ । उनका अनुसार, कविताले ८० लाख रुपैयाँ समेत लिएर फरार भएकी हुन् ।
राम जिवन करिब १५–१६ बर्ष देखि बिदेश (कतार) बस्दै आइरहेका छन् । उनको बिहे भएको १३ बर्ष भइसक्यो, सात बर्षकी छोरी र ३ बर्षको छोरा घरमा छन्।
ति दुईटै छोरा छोरीलाई घरमा छाडेर उनकी श्रीमति त्यहीँ गाउँका टिकटोकिया छौडा बिबेक मुखिया ( @bibekbhai221) नाम गरेको ८० लाख रुपैयाँ लिएर फरार भएकी छन ।
विवेकसँग टिकटकमै माया बसेपछि कवित उनीसँगै फरार भएकी हुन् । यता श्रीमान टाउको पिटिरहेका छन्। फरार भएको दुबै जनालाई तीब्र खोजी भइरहेको स्थानीयहरुले बताए।
प्रतिक्रिया