चलचित्र काँडेतार ले पायो प्रदर्शन अनुमति

मधेशपाटी अनलाइन     २०८० श्रावण २१, आईतवार १९:५७ बजे मा प्रकासित


न्यूजडेस्क । नवल खड्का निर्देशित चलचित्र काँडेतार नेपालभरी चलाउन पाउने भएको छ । चलचित्र चलाउन केन्द्रीय चलचित्र जाँच समितिले अनुमति प्रदान गरेको छ ।

नवल खड्का र सत्यकला राई निर्माता रहेको सो चलचित्र एक घण्टा ५८ मिनेट ५३ सेकेन्डको रहेको छ ।

नेपालको सीमा क्षेत्रबारे जानकारी गराउने उद्देश्य बोकेको यो चलचित्रले देशभक्तिको सन्देश बोकेको छ । देशको सुरक्षा गर्न हामीले अपनाउनु पर्ने भूमिकाबारे चलचित्रले स्पष्ट पारेको छ ।

सो चलचित्र २०८५ बैशाख १० भित्र देशभरी प्रदर्शन गर्न पाउने छ । १६ वर्ष भन्दा कम उमेरका दर्शकका लागि अभिभावकको साथमा रहने गरी मात्र ऐन, २०२६ को दफा ८ बमोजिम देहायको चलचित्र केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच गरी नियमानुसार नेपालभर प्रदर्शन गर्न स्वीकृति प्रदान गरिएको छ ।

प्रतिक्रिया





Top