जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाका मेयर बेचन दासले जनमत पार्टीका एक वडाका नेतालाई कुटपिट गराएको आरोप लगाईएको छ ।
शुक्रबार अपरान्ह विदेह नगरपालिका वडा नम्बर ८ का अध्यक्ष मण्डललाई गाली गलौज गरेको भन्दै कुटपिट गरेको आरोप छ । दासद्धयलाई जनमतका मण्डलले समाजिक सँजाल र मौखिक रुपमा समेत गाली गलोज गरेपछि कुटपिट गराएको आरोप छ । यद्यपी, यसबारे प्रहरीले अनभिज्ञता जनाएको छ ।
शुक्रबार साँझ विदेह नगरपालिकाका मेयर बेचन दास र धनुषा निर्वाचन क्षेत्र नं. २ (क) का प्रदेश साँसद लखन दासले जनमत पार्टीका नेता सुरेश मण्डललाई कुटपिट गराएको आरोप लगाईएको छ ।
प्रहरी चौकी तिनकोरिया बेलापट्टीले कुटपिट भएको वा नभएको बारेमा अनुसन्धान भईरहेको बताउँदै मेयर दासका छोराले मण्डललाई प्रहरी चौकीमा बुझाएको जनाएको छ । जानकारी, अनुसार गाली गलौजकै कारण विवाद भएको हो ।
यता, जनमतका कार्यकर्ता, एकिकृत समाजवादी पार्टीका नेता कार्यकर्ता सहित अन्य पार्टीका नेता कार्यकर्ताहरुले मेयर बेचन दास र साँसद लखन दास विरुद्ध नाराबाजी गरेका हुन् । शुक्रबार बेलुकी तिनकोरियाचोकस्थित टायर बालेर प्रदर्शन गरेको हो ।
प्रहरीमा बुझाईएका नेता मण्डललाई प्रहरीले हिरासतमा राखेको छ । गाली गलौज गरेपछि कारवाहीको लागि उनलाई घरबाटै समातेर प्रहरीमा मात्र बुझाएको एक प्रहरीले बताए । यद्यपी, यसबारे अझै पुष्टि नभएको उनले जानकारी दिए ।
जनमत पार्टीका नेता मण्डलले गत विहिबार जनकपुरस्थित रहेको मण्डल सेवा समितिको बैठकमा मेयर र साँसद दासलाई नामै किटान गरी गाली गलौज गरेपछि अवस्था बिग्रेको थियो । जातीय सँगठनको बैठकमा लाउडस्पीकर लगाएर गाली गलौज गरेपछि मेयर र साँसदका कार्यकर्ताहरुले विरोध जनाउँदै उनलाई प्रहरीमा बुझाउन खोज्दा झडप भएको बताए ।
झडपको क्रममा मेयर पक्षकै विदेह नगरपालिका वडा नं. ६ एकराही बस्ने रँजीत पासवान र भरत पासवान घाईते भएको दाबी गरिएको छ । उनीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको बुझिएको छ ।








प्रतिक्रिया