एनसेलको दादागिरिमा सरकारको एक्सन के हुन्छ ?

न्यूज डेस्क     २०८० मंसिर २०, बुधबार २०:४१ बजे मा प्रकासित


जनकपुरधाम । एनसेलमा रहेको सेयर स्वामित्व आजियाटाले बिक्रि गरेको विषयसँगै यसबारे विभिन्न कोणबाट विवेचना शुरु भएको छ । स्थापनाकालदेखि नै विवादमा तानिदै आएको एनसेलको सेयर खरिदबिक्री प्रक्रियामा नेपालको प्रचलित कानूनको पालना नगरेको विषयले पनि आक्रोश बढेको देखिन्छ । सस्तोमा सरकारले एनसेल खरिदबिक्रीबारे गहन छलफल थालेको छ । प्रधानमन्त्री प्रचण्डले उच्चस्तरमा एनसेल प्रकरणबारे छलफल थालिरहेको बेला यो विषयले नयाँ तरङ्ग आउला ?

स्थापनाकालदेखि नै एनसेलको सेयर स्वामित्वमाथि अनेक कोणबाट छलफल हुने गरेको पाइन्छ । एनसेलमा देखिएका कर विवाददेखि कर छलीका प्रयासले ठूलो तरङ्ग नै पैदा गरेको स्थिति छ । एनसेलको लाभ कर विवाददेखि अन्य विवादका कारण टावरमा आक्रमण हुनेदेखि विभिन्न दलको निशानामा समेत पर्ने गरेको देखिन्छ । फेरि यसरी नै एनसेलमा आजियाटाले गरेको लगानी न्यून मूल्यमा शंकास्पद ढंगले खुलेको कम्पनीलाई बेचिएको खवरपछि सरकारमाथि नै अनेक प्रश्नहरु उठेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने यो विषयमा धेरै जानकारी आई नसकेकाले छानविनपछि मात्रै विस्तृत भन्न सकिने दाबी गर्दै आएका छन् ।

सोमबार सम्पादकहरुसँगको अन्तरक्रियाको क्रममा समेत प्रधानमन्त्री प्रचण्डले यसबारे विस्तृत छानविनको प्रक्रिया चलेको र त्यसपछि आवश्यक कारबाही हुने दाबी गरेका थिए । कानूनको उल्लङघन भएको नभएको विषयमा सरकारले अनुसन्धान गरिरहेको तथ्य बाहिरिएकै बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि एनसेलको सेयर खरिद–बिक्रीबारे

सरकार अनविज्ञ रहेको बताएका छन् ।
सरकारले एनसेलको सेयर खरिबिक्री प्रकरणमा छानविन गरिरहेको दाबी गरे पनि संसदीय समितिहरुले विभिन्न प्रश्न गरिरहेका छन् । विभिन्न बुँदामा गरिएका प्रश्नले पनि एनसेलको नियतमाथि गम्भीर प्रश्न त उठाएको छ नै, संसदको लेखा समितिले यसबारे छलफल गर्न भन्दै बुधबारका लागि बैठक नै आह्वान गरेको छ । एनसेलको सेयर खरिदबिक्रीबारे सांसददेखि नेताहरुले विरोध जनाइरहेकाबेला केहि मिश्रित प्रतिक्रिया समेत सतहमा देखिएका छन् ।शीर्षस्थहरुले नै यसबारे छानविनको माग गरिरहँदा प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठनले त औपचारिक विरोधको कार्यक्रम नै गरेको छ । एनसेलको लैनचौर कार्यालयअघि विरोध प्रदर्शन गरेको अनेरास्ववियुले निष्पक्ष छानविनको माग गरिरहेको छ ।

प्रतिक्रिया





Top