जनकपुरधाम, मंसिर २० गते । धनुषा जिल्लाको सबैलामा एकजना मृत अवस्थामा शाव फेला परेका छन् । सबैला नगरपालिका वडा नम्बर ९ सतोषरका ४५ वर्षीय रामशंकर राय आज राति करिब ८ बजे मृत फेला परेका हुन् ।
स्थानीयका अनुसार उनी सबैला नगरपालिका वडा नम्बर २ स्थित नालामा मृत भेटिएका हुन् ।इलाका प्रहरी कार्यालय सबैलाका प्रहरीटाेलि घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारीमा रहेको छ ।
कसरी मृत्यु भएको छ भन्ने अहिले याे घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया