११ हजार भोल्टको बिजुलीको तार खस्दा किसानसँगै गोरुकाे मृत्यु

मधेशपाटी अनलाइन     २०८० मंसिर २३, शनिबार २०:०२ बजे मा प्रकासित


रौतहट। रौतहटमा बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।

 

जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ।

खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो ।

स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया





Top