प्रहरीले गाँजा फडानी अभियानमा

न्यूज डेस्क     २०८० मंसिर २५, सोमबार ११:४७ बजे मा प्रकासित


वीरगन्ज । पछिल्लो समय पर्सा प्रहरीले अप्रहरी गाँजा फडानी अभियानमा अवैध रुपले लगाइएको गाँजाका बोटहरु फडानी अभियानलाई तीब्र पारेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएका प्रहरीले ३० कठ्ठा जग्गामा लगाइएका गाँजाको बोट फडानी गरेका छन् ।

 

५० जना प्रहरीको टोली करिब १२ हजार गाँजाका बोटहरु फडानी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।यसैगरी एक साता अगाडि सशस्त्र प्रहरी बल र प्रहरीको टोलीले ठोरी र जिराभवानी गाउँपालिकामा करिब १५ कठ्ठा १० धुर जग्गामा लगाइएको ७ हजार ३५० गाँजाका बोट नष्ट गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ठोरी गाउँपालिका ५ सुवर्णपुरमा ११ कठ्ठा, सोही गाउँपालिकाको वडा नम्बर ४ विजयवस्तीमा ४ कठ्ठा र जिराभवानी गाउँपालिका १ महादेवपट्टीमा १० धुर जग्गामा लगाइएको गाँजा नष्ट गरिएको थियो ।

गत मंसिर १४ मा ईलाका प्रहरी कार्यालय ठोरी, सेढवा र प्रहरी चौकी महादेवपट्टीबाट संयुक्त रुपमा परिचालन गरिएको प्रहरी टोलीले ६ कठ्ठामा लगाइएको गाँजा फडानी गरेको थियो । मंसिर १३ मा प्रहरीले ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा करिब १० कठ्ठा जग्गामा लगाइएको गाँजा फडानी गरेको थियो । पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अवैध रुपले लगाइएको गाँजाका बोटहरु फडानी तथा नष्ट गर्न तीब्र पारिएको छ । ‘गाँजा खेतीमा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने छ,’ उनले भने ।

प्रतिक्रिया





Top