असई तानिए जिल्लामा छानबिन तिव्र , घुमुवा साेर्सफाेर्स लगाएर त्यही

न्यूज डेस्क     २०८० मंसिर २५, सोमबार १७:५४ बजे मा प्रकासित


सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अस्थायी प्रहरी पाेष्ट पेट्रोल पम्पका प्रमुख प्र स नि रामनिवास यादवलाई जिल्ला प्रहरी कार्यालयमा तानेको छ ।

जिल्लामा तानिएसंगै कारबाही प्रक्रिया शुरू गरिएको छ ।उनको डायरी तस्कर देखि व्यापारीहरूबाट रकम लिने दिन र गते देखि तस्कर र व्यापारीहरूकाे सम्पूर्ण नामावली रहेको र घुमुवा मार्फत रकम असुली गरेको भेटिए पछि कारबाही शुरू गरिएको जिल्ला प्रहरी कार्यालय स्रोत बताउँछ ।

दरबन्दी जनकपुर गणमा भए पनि साेर्सफाेर्स लगाएर उक्त पाेष्टमा गएका उनी धेरै बिबादमा परेका थिए । उनी तानिए पनि उनले राखेको घुमुवा प्र स ह राजकीशोर प्रसाद यादवलाई भने अझै तानिएको छैन । कारबाहीबाट जाेगिन असई यादवले चाैतर्फी दवाब दिएको समेत जिल्ला प्रहरी स्राेत बताउँछ ।

प्रतिक्रिया





Top