बन्दुक र गोलीसहित एक पक्राउ

न्यूज डेस्क     २०८० माघ १९, शुक्रबार १०:५७ बजे मा प्रकासित


सप्तरी । प्रहरीले एउटा बन्दुक र ४१ राउन्ड गोलीसहित सप्तरीबाट एक जनालाई नियन्त्रणमा लिएको छ।

 

हनुमाननगर कंकालिनी नगरपालिका-२ स्थित कोशी बाँधछेउमा जंगली जनावरको सिकार गरिरहेका राजविराज-५ का शैलेशकुमार झालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका झाले सिकार गरेका दुई जंगली जनावरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।सिकार गरिएका जंगली जनावर हरिन भएको खुलेको छ । थप बुझ्ने कार्य भइरहेकै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top