जनकपुरधाम । मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रको कमजोर संरचना र सेवाको अभावका कारण दैनिक रुपमा बिरामीहरू उपचारका लागि भारतको बिहार जान बाध्य भइरहेका छन्। प्रदेशको राजधानी जनकपुरधामलगायतका विभिन्न गाउँ–शहरबाट हाडजोर्नी र नसा रोगको उपचारका लागि दरभंगाका डा. यस. एन. सर्राफको क्लिनिकमा दैनिक कम्तीमा १० जना बिरामी पुग्ने गरेका छन् ।
प्रदेशकै राजधानीबाट बिरामीले छिमेकी देशको शरण लिनुपरेको स्थितिले मधेश प्रदेशको स्वास्थ्य सेवा कत्तिको दयनीय छ भन्ने उजागर गरेको छ। यो अवस्थाप्रति प्रदेशको स्वास्थ्य मन्त्रालय र सरोकारवालाहरूले गम्भीर ध्यान दिनु पर्ने देखिएको छ। स्वास्थ्य पूर्वाधार र विशेषज्ञ चिकित्सकहरूको अभावले गर्दा नागरिकहरूलाई गुणस्तरीय उपचार सेवा प्राप्त गर्न परदेश धाउनुपर्ने बाध्यता बढ्दै गएको छ ।
प्रतिक्रिया