प्रहरीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, गाउभरी प्रशंसा

शम्भु पण्डित     २०८२ असार १, आईतवार ०५:२८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका–४ स्थित ऐतिहासिक काली मन्दिर परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उल्लेख्य उपस्थिति रहेको थियो।

इलाका प्रहरी कार्यालय खजुरीका प्रमुख प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङको नेतृत्वमा ७ जना प्रहरी सहभागी थिए। यस्तै, सशस्त्र प्रहरी बल खजुरी बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खनालको कमाण्डमा ७ जना सशस्त्र प्रहरी परिचालित थिए ।

 

कार्यक्रमको उद्देश्य वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदाय र सुरक्षा निकायबीचको आपसी समन्वय तथा विश्वास अभिवृद्धि गर्नु रहेको आयोजकहरूले जनाएका छन् ।

साे कार्यक्रममा वडाध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवीहरु सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर परिसर तथा आसपासको क्षेत्रमा विभिन्न जातका बिरुवा रोपेर वातावरण संरक्षणको सन्देश दिएका थिए।

प्रहरी निरीक्षक नेम्वाङले समाज रूपान्तरणका लागि सिर्जनशील र सकारात्मक गतिविधिको आवश्यकता औंल्याउँदै भने, “वृक्षारोपण हाम्रो तर्फबाट सकारात्मक परिवर्तनको सानो तर सशक्त प्रयास हो।”

स्थानीयहरूले प्रहरी र सशस्त्र प्रहरी बलद्वारा गरिएको वातावरणमैत्री प्रयासको प्रशंसा गरेका छन्। कार्यक्रमले जनस्तरमा वातावरणप्रतिको चेतना फैलाउने विश्वास गरिएको छ।धधब

प्रतिक्रिया





Top