धनुषा : ईलाका प्रहरी कार्यालय दुहबीमा, अढाई तलाको नयाँ भवन शिलान्यास

शम्भु पण्डित     २०८२ मंसिर २०, शनिबार १३:१७ बजे मा प्रकासित


जनकपुरधाम । ईलाका प्रहरी कार्यालय दुहबीमा निर्माण हुन लागेको प्रहरी कार्यालयमा नयाँ भवन तथा आवास गृहको शिलान्यास भएको छ । उक्त भवनको शुक्रबार बिशेष समारोहकाबीच जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम कुँवरले शिलान्यास गरेका छन ।

पुरानो भवन जिर्ण भई दैनिक कामकाज कारवाहीमा कठिनाई भएको भन्दै ५ कठ्ठा जग्गामा, २ करोड ७ लाख ९४ हजार ३९० रुपैयाँको कुल लागतमा सुबिधा सम्पन्न कार्यालयको अढाई तलाको भवन तथा आवास गृहको निर्माण हुन लागेको हो ।

प्रहरी उपरीक्षक कुँवरसहित विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासको विशेष उपस्थितिमा भवनको लागि शिलान्यास (भूमिपूजन) गरिएको हो ।
समाजमा शान्ति सुरक्षाको विकास गर्न र सभ्यताको विकासमा पहिलो अवश्यकता भनेको प्रहरी सुरक्षा रहेको बताउँदै प्रहरी प्रबिधी मैत्री र सुबिधा सम्पन्न हुनुको बिकल्प नरहेको बताए ।

कार्यक्रममा प्रहरीका पदाधीकारीहरु, स्थानीय जनप्रतनिधीहरु, स्थानीय नागरीक, समाजसेवी, संचारकर्मी लगायत उपस्थिति रहेको थियो । सीमावर्ती ईलाका प्रहरी कार्यालय रहेको दुबहीमा नयाँ भवन बनेपछि यहाँ प्रहरीको दरबन्दी, जनशक्ति बढाइने भएको छ ।

प्रतिक्रिया





Top