ट्रयाक्टर पल्टिदाँ एक महिलाको घटनास्थलमै मृत्यू , दुई जनाकाे अवस्था चिन्ताजनक

मधेशपाटी अनलाइन     २०७८ फाल्गुन २०, शुक्रबार १९:५९ बजे मा प्रकासित


मनोज कुमार मोरबैता,जनकपुरधाम । धनुषा जिल्लाकाे कमला नगरपालिकामा ट्रयाक्टर पल्टिदाँ एक महिलाको घटनास्थलमै मृत्यू भएको छ भने दुई जना गम्भिर घाईते भएको छ ।

पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर ४ बरेरबाटोलस्थित बालुवा लोड गरेको ट्रयाक्टरले तीन महिलालाई किच्दा एकको मृत्यू र दुई गम्भिर भएको छ ।

बरेरबास्थितबाट बालुवा लोड गरी ल्याउँदै गरेको अवस्थामा शुक्रबार दिउँसो करिब ४ बजेको समयमा बरेरबा र साघाराको बीचमा रहेको सोना पुलस्थित गफ गर्दै गरेकी तीन महिलामाथि ट्रयाक्टरको टेलारी चढेको हो ।

ज १ त ७१५८ नम्बरको ट्रयाक्टरले किच्दा कमला नगरपालिका वडा नम्बर ४ बरेरबा बस्ने अशेश्वर अरगरियाकी ५० बर्षिय श्रीमति लीलादेवी अरगरियाको घटनास्थलमै मृत्यू भएको छ ।

सोही दुर्घटनामा परी स्थानीय गँगाई साहकी ७० बर्षिय श्रीमति सकुन्तला देवी साहको टाउकोको खप्पर उडेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षण्क रविनराज मैनालीका अनुसार, सोही दुर्घटनामा परी स्थानीय मितन मुखियाकी अन्दाजी बर्ष ५५ की देव कुमारी मुखियाको पैताला नै काटिएको हो ।

दिउँसो ४ बजे कमला नदीको सर्बीबाट बालुवा लोड गरी माचि झिटकैया तर्फ ल्याउँदै गरेको अवस्थामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

बालुवा लोड गरी ल्याउँदै गर्दा सडकको छेउमा गफ गरिरहेकी तीनै जना महिलामाथि ट्रयाक्टरको टेलर पल्टिदाँ दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

सो घटनामा ट्रयाक्टर चालक र अन्य एक जनालाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान बचाएको बताइएको छ ।

स्थानीयहरुले दुवै जनालाई मर्ने गरी कुटपिट गरिरहेको अवस्थामा प्रहरी पुगेर उनीहरुको ज्यान जोगाएको हो । घटनाबारे अनुसन्धान जारी राखिएको ईन्सपेक्टर मैनालीले बताए ।

टाउकोमा गम्भिर चोट लागेकी महिलाको समेत अवस्था गम्भिर रहेको बताइएको छ । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको बताइएको छ ।

प्रतिक्रिया





Top