सबैलामा सामुदायिक प्रहरीद्वारा सार्वजनिक नागरिक सुनवाइ कार्यक्रम

न्यूज डेस्क     २०७९ भाद्र ११, शनिबार ०६:४५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको एक ईलाका प्रहरीले नागरिक र प्रहरी बिच साझेदारीका लागी सार्वजनिक नागरिक सुनवाइ कार्यक्रम गरेका छन।

धनुषा जिल्लाकाे सबैला नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यलय सबैलाले उक्त कार्यक्रम आयोजना गरेको थिए।ईलाकामा देखिए समस्याहरु सावधानका लागी नागरिक समाज र प्रहरी बिच साझेदारी गरेर समस्या सावधान गर्न सहज हुने गरि कार्यक्रम आयोजना गरेका थिए।साे कार्यक्रममा ई प्र का सबैला भरिका नागरिक समाज जनप्रतिनिधि बुद्धिजीवी पत्रकार लगायतका ब्यक्तिहरुको सहभागी थिए।

सबैलाका ईलाकाभरि मदिरा टयावलेट गाजा खाएर जथाभावी घुमघाम गर्नेमाथि कानुनी कार्यवाही गर्ने र उक्त कार्यवाहीमा राजनीतिक दवाव सृजना नगर्न ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजकुमार शिंहले नागरिक संग आग्रह गरेका थिए।पिडामा रहेको पीडितहरुलाई सिधै कार्यलयमा आएर गुनासो गर्न सक्ने बताएका छन।

यता दुर्घटनाको समस्या बढ्दै जादा दुर्घटना न्यूनीकरणका लागि मोटरसाइकल प्रयोग गर्नेलाई अनिवार्य हेल्मेट लगाउनु पर्ने तथा हेल्मेट नलगाउनेलाई कार्यवाही गर्ने कार्यवाहीमा परेको चालकलाई छुटाउन कुनै किसिमको पहल तथा दबाब सृजना नगर्न सबै जनप्रतिनिधि र नागरिक संग प्रतिबद्धता पत्रमा हस्ताक्षर ईलाका प्रहरी सबैलाले गराएका हुन ।

रक्सी पसलहरुबारे गुनासो बढि आएपछि ईलाका प्रहरी सबैलाको मातहत भरिमा रहेको सम्पुर्ण रक्सी पसलहरु ८:३०मिनेटमा बन्द हुनुपर्ने जनाएको छ तोकिएको समय भन्दा बढि खोलिएमा संचालकलाई कार्यवाही समेत गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्र नि राजकुमार सिंहले बताएका छन।

कार्यक्रमको आयोजक ईलाका प्रहरी सबैला थिए भने कार्यक्रमको प्रमुख सबैलाका इन्चार्ज राजकुमार थिए भने  अतिथि सबैला नगरपालिकाको नगर प्रमुख कारिराम यादव थियो कार्यक्रममा सबैला भरिका नागरिक समाज बुद्धिजीवी पत्रकार ब्यापारी राजनीतिकर्मी लगायतको सहभागिता रहेका थियो।

प्रतिक्रिया





Top