कान्छी उमेदवारको सम्भावना बढ्यो, बन्दसूचिमा पार्न कार्यकर्ताको माग

न्यूज डेस्क     २०७९ आश्विन २, आईतवार २१:५० बजे मा प्रकासित


सर्लाही । पार्टीले समानुपातिक सूचिमा आफ्नो नाम समेत समावेश गरेपछि काँग्रेस नेत्री अनिता साह हर्षित भएकी छिन । नेपाली कांग्रेसले सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाको समानुपातिक सांसदको लागि अनिता साहको समेत नाम पठाएको छ । पार्टीले आफ्नो नाम पनि सिफारिस गरी पठाएपछि साहले खुसि ब्यक्त गरेकी हुन । आगामी मंसीरमा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि दलहरुले आईतवार र सोमवार समानुपातिक सदस्यको बन्दसूचि बुझाउँदैछन् । पार्टीले बुझाउने बन्दसूचिमा आफू पर्ने दाबी गर्दै साहले समानुपातिक सांसद बन्न पाए सांसद भएर जनताको सेवा गर्ने ठुलो चाहना रहेको बताईन । कांग्रेस नेत्री साह भन्छिन ‘मलाई विश्वास छ, पार्टीले मलाई माया गरेको छ, आफु सांसद भएपछि क्षेत्रवासीको समृद्धी र विकासमा लाग्ने छु ।’ साह थप्छिन ‘अवशर पाए पिडितहरुको अवाज बन्दै शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना छ ।’
उनले अब देश हाँक्न सक्षम युवाको आवश्यकता रहेको र आफुलाई पार्टीले पनि अवशर दिएको बताएकी छिन । आफु सांसद बनेपछी नयाँ तरिकाबाट विकासको लहर सुरु गर्ने नेत्री साहले दाबि गर्नुभयो ।
नेपाली कांग्रेसको क्षेत्रीय कमिटीले सर्लाही क्षेत्र नम्बर १ को (क) बाट साहसहित ११ जनाको नाम समानुपातिक सांसदका लागि जिल्ला कमिटीमा सिफारिस गरी पठाएको थियो । ती मध्ये मधेशी महिला कोटाबाट साहको एकल नाम सिफारिस भएको छ । सिफारिसमा पर्ने मध्ये नेत्री साह सबैभन्दा कान्छि उम्मेदवार हुन । महिला नेत्री साह सांसद बने क्षेत्रमा सोँचेभन्दा बढी विकास हुने उनि निकट नेता कार्यकर्ताको भनाई छ । ‘त्यसैपनि अहिले शिक्षित, योग्य र सक्षम यूवा नेतृत्वको खोजी भईरहेको छ । दलहरुले पनि यूवालाई नै अघि सारीरहेका छन् । नेपाली काँग्रेसले पनि हाम्रो क्षेत्रबाट प्रदेश सांसदको लागि साह जस्तो शिक्षित महिलाको नाम सिफारिस गरी पठाएकोले हामी अत्यन्तै खुशि छौँ ।’ साह निकट नेता अनिल कर्णले भने ।
स्नातक तहसम्मको अध्ययन सम्पन्न गरेकी नेत्री साह विद्यार्थीकाल देखि नै नेपाली काँग्रेसमा सक्रिय छिन । राजनीति आफूलाई सानैदेखि मन पर्ने बताउँदै नेत्री साहले आफू पनि देश र जनताको लागि केही गर्छु भनेर राजनीतिमा आएको बताईन । उनले अब देश हाक्ने जिम्मा नै यूवालाई दिनुपर्ने धारणा राखेकी छिन ।

प्रतिक्रिया





Top