Madhesh Pati
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
No Result
View All Result
English
No Result
View All Result
English
  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध

मुख्यमन्त्री राउतको हात समातेर भने, ‘एक बोरा खाद देऊ सरकार’

Madhesh Pati online
२०७८ मंसिर २८, मंगलवार १४:३२ बजे

राजविराज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सोमबार राजविराजमा प्रदेश कृषि विश्वविद्यालयको उद्घाटन गरी बाहिरिइरहेका थिए। राजविराज नगरपालिका–११ फर्सेठका ६५ वर्षीय रामप्रसाद यादवले मुख्यमन्त्री राउतको हात च्याप्पै समातेर भने, ‘एक बोरा खाद (मल) उपलब्ध गराई देऊ सरकार।’

 

यादवले गहुँ छर्ने समयमा रासायनिक मल नपाएको गुनासो गरे। किसानको प्रतिनिधि आवाज बोलेका यादवले सरकारको ध्यानाकर्षण गराए। सप्तरीलाई कृषि शिक्षाको हब बनाउने, समृद्धि ल्याउने, बेरोजगारी अन्त्य गर्ने र आत्मनिर्भर बनाउने सपना बाँडेर मञ्चबाट ओर्लेका मुख्यमन्त्री राउत ‘हुन्छ, हुन्छ’ गाडीभित्र पसे। वृद्धको हात मुस्किलले मात्रै हटाए।

तर, वृद्ध गुनासो गरिरहेका थिएँ, ‘सप्तरीका किसानले मल पाएनन्। मलको अभावले किसानहरू बिचल्लीमा परे।’ गहुँ बाली लगाउने बेला विशेष गरी डीएपीको माग बढी हुन्छ। मलको खोजीमा किसानहरू गाउँदेखि सहरसम्म भौतारिरहेका छन्। यादवले पनि गाउँकै डिलरदेखि राजविराजस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाए। तर, मल नपाएको गुनासो उनको थियो। उनले मुख्यमन्त्रीसँग धेरै पनि होइन, मात्र एक बोरा उपलब्ध गराइदिन अनुनयविनय गरे।

डिलरहरूले लुकेर महँगोमा बेच्ने गरेका कारण दैनिक सदरमुकामसम्म धाउँदा पनि किसान खाली हात फर्किनुपरेको बाध्यता वृद्ध यादवले सुनाए। डिलरले किसानलाई मल नदिएर महँगो मूल्यमा बेच्ने गरेको र भारतीय सीमामा नेपालको मल पाइने गरेको बताए। मल पाइने आश्वासन लिएर घर फर्किनुपरिरहेको उनको भनाइ छ। वृद्धलाई साथ दिँदै सीताराम साहले भने, ‘पहुँचवालाहरूले गाउँकै डिलरबाट पर्याप्त मल पाउँछन। तर, निमुखाहरूले जति भौतारिए पनि पाउँदैनन्।’

कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रवन्धक सोनेलाल मुर्मुले स्थानीय तहको सिफारिसमा मल दिँदै आएको बताए। सरकारको निर्देशनअनुसार डिलरलाई नै मल दिनुपर्ने बाध्यता रहेकाले सोझै किसानलाई दिन नसकिने उनको भनाइ छ। कार्यालयका अनुसार सप्तरीमा पहिलो र दोस्रो लटमा कार्यालयमा उपलब्ध भएको हिसाबले मल वितरण गरिएको छ। तेस्रो लट वितरणको तयारी छ। तर, मागअनुसार पूर्ति गर्न सक्ने अवस्था नरहेको जनाइएको छ।

तेस्रो लटमा ६ हजार ७५० बोरा युरिया र ६ हजार १९२ बोरा डीएपी मल वितरण गर्नुपर्ने भएको छ। त्यसकारण समानुपातिक आधारमा प्रत्येक पालिकामा ३७५ बोरा युरिया र ३४४ बोरा डीएपी उपलब्ध गराउने तयारी छ। कार्यालयले हाल गहुँ खेतीको समयमा ७ सय ५३ मेट्रिक टन युरिया र ३ सय ८७.६ मेट्रिक टन डीएपी वितरण गरिएको कार्यालयको तथ्यांकले देखाउँछ।

कृषि ज्ञानकेन्द्र सप्तरीका अनुसार ९ लाख ९ हजार ५९९ हेक्टर क्षेत्रफल रहेको सप्तरीमा खेतीयोग्य जग्गा ८१ हजार ६६८ हेक्टर अर्थात् ६४ प्रतिशत छ। कृषिका लागि निकै उर्बर मानिने सप्तरीमा केही वर्षदेखि बीउ, मल अभाव, सिँचाइको उपयुक्त प्रबन्ध नहुनु, बदलिँदो परिवेशमा कृषकहरूमा आवश्यक कृषि ज्ञान र औजारको अभावलगायतका समस्याले कृषिक्षेत्रको उत्पादकत्व घट्दै गएको छ।annapurna post मा लेखिएको मनोहर पोखरेल

mm

Madhesh Pati online

हरेक खबरमा मधेश पाटीकाे नजर || Madhesh Pati

तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

Banner News

धनुषाको धनौजीमा मतगणना स्थलमा १५ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

अपराध

जनकपुर: मत गणना गर्दा ४५  वडा मतपत्रको हेर फेर हुँदा तनावग्रस्त, ८ राउण्ड हवाई फाइरिङ्ग

समाज

सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

राजनीति

महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदै

राजनीति

गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगरमा कांग्रेसको अग्रता

ताजा अपडेट

धनुषाको धनौजीमा मतगणना स्थलमा १५ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

जनकपुर: मत गणना गर्दा ४५  वडा मतपत्रको हेर फेर हुँदा तनावग्रस्त, ८ राउण्ड हवाई फाइरिङ्ग

सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदै

गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

माँ राजदेवी मिडिया प्रा. लि. द्धारा सञ्चालित मधेशपाटी डट कम डिजिटल अनलाइन पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई मधेश पाटी खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ ।

हाम्रो बारेमा

माँ राजदेवी मिडिया प्रा. लि. द्धारा सञ्चालित
मधेशपाटी डट कम
कम्पनी दर्ता नं : २८१८५८/०७८/०७९
पान नं. ६१०१९५७८१
सञ्चालक तथा सह-सम्पादक: शम्भु पण्डित
प्रधान कार्यलय : जनकपुरधाम , मधेश प्रदेश (नेपाल)
सम्पर्क :9804895884/9844572686
ईमेल:reportershambhu138@gmail.com
ईमेल:madheshpationline@gmail.com
विज्ञापनको लागि : ९८०४८९५८८४

जिल्ला प्रतिनिधी

धनुषा : श्याम सुन्दर कर्ण / शिवशंकर पण्डित
सिरहा : सबिन यादव

महोत्तरी : धर्मेन्द्र कुमार यादव 
रौतहट : रबिन्द्र प्रजापति 9807172073
बारा : पवन प्रसाद साह
पर्सा : धर्मेन्द्र प्रसाद यादव
सर्लाही : राधेश्याम कुशवाहा
सप्तरी :

MadheshPati Patrolling Team

अजय पण्डित 9816811250

© 2021- Madhesh Pati

  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक विश्व
    • विज्ञान/प्राविधि