Madhesh Pati
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
No Result
View All Result
English
No Result
View All Result
English
  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध

मौसम पूर्वानुमान : चुनावको दिन वर्षाको सम्भावना’

दक्षिणी बंगालको खाडीमा बनेको सामुद्रिक आँधी 'असानी' को हिमावरी भू-उपग्रहबाट आइतबार महाशाखाले प्राप्त गरेको तस्बिर ।

Madhesh Pati online
२०७९ बैशाख २५, आईतवार २३:४० बजे

अघिल्लो दिन मधेस प्रदेशमा हावाहुरी, अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको निर्वाचन हुने दिन (वैशाख ३०) गते वर्षाको सम्भावना रहेको जनाएको छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको ‘असानी’ चक्रवातको आंशिक प्रभाव नेपालमा पनि पर्ने भएकाले महाशाखाले मतदातालाई सचेत हुन आग्रह गर्दै छाता लिएर मतदान केन्द्र जान आग्रह गरेको हो ।

महाशाखाका मौसमविद् हिरा भट्टराईले बंगालको खाडीमा बनिरहेको असामी चक्रवात र स्थानीय वायुको संयुक्त प्रभावले त्यसदिन हल्का र मध्यम वर्षा हुने प्रक्षेपण गरिएको बताए । उनले भने, ‘मतदान केन्द्रमा सुविधा नहुन पनि सक्छ । मतदान केन्द्रमा जाँदा मतदाताले छाता लिएर जानु भयो भने राम्रो हुन्छ । ‘

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भातरको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । दक्षिण बंगालको खाडीमा विकासित भइरहेको ‘असानी’ चक्रवात उक्त प्रणाली उत्तर-पश्चिम (भारत) तर्फ सर्ने क्रममा छ । वैशाख ३० गतेसम्म उक्त चक्रवात कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने विभागले जनाएको छ । उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने र त्यसदिन हल्कादेखि मध्यम वर्षा हुने सक्ने विभागले जनाएको हो ।

विभागका अनुसार शुक्रबार प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिए । यस्तै, मधेस, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

विभागकी प्रवक्ता विभूति पोखरेलले पनि मतदाताहरुलाई मतदान केन्द्रमा जाँदा त्यही अनुसारको तयारी गरेर जान आग्रह गरिन् । उनले पानी पर्ने भएकाले मतपेटिका कसरी सुरक्षित राख्‍ने मुख्य कुरा हुने बताइन् । उनले भनिन्,’पानी पर्न सक्ने सम्भावना रहेकाले मतपेटिकाको संरक्षण गर्न जरुरी देखिन्छ । मतपेटिका संरक्षण गरिएन भने मिहिनेत खेर जान्छ । त्यसका लागि सोही अनुरुपको तयारी गर्नुपर्छ । ‘ उनले पनि छाता बोकेर जान सुझाव दिइन् ।

मतपेटिकामा मत खसाल्दा पानीले भिज्‍न सक्‍ने सम्भावना पनि हुने भएकाले विशेष तयारी आवश्यक रहेको उनले बताइन् ।

चुनावको अघिल्लो दिन तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना रहेकोविभागले जनाएको छ । बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसदिन प्रदेश १, मधेश प्रदेश, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन पनि निकालेको छ । विभागले बुधबारदेखि शनिबारसम्मको मौसम पूर्वानुमन निकालेको हो । बुधबार र बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने प्रक्षेपण गरेको छ ।सभार ekantipur.com

महाशाखाले मौसमी प्रणालीका कारण निर्वाचनमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध समेत गरेको छ ।महाशाखाले मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्ने जनाएको छ ।

mm

Madhesh Pati online

हरेक खबरमा मधेश पाटीकाे नजर || Madhesh Pati

तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

Banner News

धनुषाको धनौजीमा मतगणना स्थलमा १५ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

अपराध

जनकपुर: मत गणना गर्दा ४५  वडा मतपत्रको हेर फेर हुँदा तनावग्रस्त, ८ राउण्ड हवाई फाइरिङ्ग

समाज

सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

अन्तराष्ट्रिय

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

राजनीति

महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदै

राजनीति

गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

ताजा अपडेट

धनुषाको धनौजीमा मतगणना स्थलमा १५ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

जनकपुर: मत गणना गर्दा ४५  वडा मतपत्रको हेर फेर हुँदा तनावग्रस्त, ८ राउण्ड हवाई फाइरिङ्ग

सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदै

गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

माँ राजदेवी मिडिया प्रा. लि. द्धारा सञ्चालित मधेशपाटी डट कम डिजिटल अनलाइन पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई मधेश पाटी खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ ।

हाम्रो बारेमा

माँ राजदेवी मिडिया प्रा. लि. द्धारा सञ्चालित
मधेशपाटी डट कम
कम्पनी दर्ता नं : २८१८५८/०७८/०७९
पान नं. ६१०१९५७८१
सञ्चालक तथा सह-सम्पादक: शम्भु पण्डित
प्रधान कार्यलय : जनकपुरधाम , मधेश प्रदेश (नेपाल)
सम्पर्क :9804895884/9844572686
ईमेल:reportershambhu138@gmail.com
ईमेल:madheshpationline@gmail.com
विज्ञापनको लागि : ९८०४८९५८८४

जिल्ला प्रतिनिधी

धनुषा : श्याम सुन्दर कर्ण / शिवशंकर पण्डित
सिरहा : सबिन यादव

महोत्तरी : धर्मेन्द्र कुमार यादव 
रौतहट : रबिन्द्र प्रजापति 9807172073
बारा : पवन प्रसाद साह
पर्सा : धर्मेन्द्र प्रसाद यादव
सर्लाही : राधेश्याम कुशवाहा
सप्तरी :

MadheshPati Patrolling Team

अजय पण्डित 9816811250

© 2021- Madhesh Pati

  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक विश्व
    • विज्ञान/प्राविधि