उत्ता, जनमत पार्टीबाट विपी साह पनि मेयरको लागि बलिया उम्मेदवारकै रुपमा गनिन्छन् ।
जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकाको लागि लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालबाट बलिया उम्मेदवारको रुपमा रामचन्द्र जयसवाल उम्मेदवारी दर्ता गराए हुन।
सबैला नगरपालिकाको वडाहरुमा रहेको लाेसपाको सँगठनसहित व्यक्तिगत पक्कड समाजसेवी समेत रहेको बलियो मानिएको रामचन्द्र जयसवाल नगर प्रमुखको लागि बलिया उम्मेदवारको रुपमा उभिएका छन् । जयसवाल यस अघि पनि समाजमा अतिविपन्न परिवारका लागि काम गर्दै जाने आर्थिक सहयोग वा समाजसेवीकाे रुपमा चिन्दै आएका हुन ।
सबैला नगरपालिकाको वडा नं. ३ लगायतका वडामा सँगठन सँरचना समेत बलियो भएको लाेसपाको तर्फबाट जयसवाल उम्मेदवारीले सबैला नगरपालिकामा नयाँ अनुहार खोजीमा पर्न सक्ने सम्भावना प्रबल देखिएको छ ।
उत्ता, नेकपा एमालेबाट राजकिशाेर यादव पनि मेयरको लागि बलिया उम्मेदवारकै रुपमा गनिन्छन् । सबैला नगरपालिकामा त्रिपक्षिय भिडन्त हुने संकेत देखिएपनि आम नागरिकमा रामचन्द्र जयसवाल र बीपी साहबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लािग पूर्ण तयारीका साथ स्टेण्डवाय बसेका बताए ।
तपाईको प्रतिक्रिया !