Madhesh Pati
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
No Result
View All Result
English
No Result
View All Result
English
  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध

स्थगित भएकाे मतदान आइतबार हुने

Madhesh Pati online
२०७९ बैशाख ३०, शुक्रबार २२:१५ बजे

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ ।

डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितिमा मतदानस्थलमै आज बसेको बैठकले स्थगित भएको मतदान आइतबार बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो ।

‘क’ केन्द्रका मतदान अधिकृत विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेपछि कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, निर्वाचन अधिकृत मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रहरी नायब उपरीक्षक श्यामशर्मा पौडेल घटनास्थल पुग्नुभएको छ ।

मतदानस्थलमा उहाँहरुको उपस्थितिमा बसेको सर्वदलीय बैठकले उत्पन्न कुटपिट र तोडफोडपछि स्थगित भएको मतदान कार्य आइतबार गर्ने निर्णय भएको हो । अशक्त महिला मतदाताले इच्छाएको जसपाको चुनाव चिह्नमा छाप लगाउनुपर्नेमा मतदान अधिकृत यादवले कांग्रेसको चुनाव चिह्नमा छाप लगाएको भन्दै स्थानीयवासीले यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको थियो ।

मतदान अधिकृतलाई प्रहरीले जोगाउन खोज्दा स्थानीयवासीले मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेर छरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । घटनाका बेला ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसेको थियो ।

आइतबार पुनःनिर्वाचन गर्ने निर्णयमा निर्वाचनमा सहभागी राजनीतिक दल, जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजी, मतदान केन्द्र ‘ख’का मतदान अधिकृत मुसहरु साह, सहायक मतदान अधिकृत जाकिर हुसेन, मतदान केन्द्र ‘क’का सहायक मतदान अधिकृत सुरेन्द्रकुमार यादवसमेतको उपस्थिति रहेको छ ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत मतदान अधिकृत यादवले दलका प्रतिनिधिको निर्णयअनुसार आफूले अशक्त महिलाले औँलाले देखाएकै रुख चिह्नमा छाप लगाएको बताउनुभयो ।

mm

Madhesh Pati online

हरेक खबरमा मधेश पाटीकाे नजर || Madhesh Pati

तपाईको प्रतिक्रिया !

सम्बन्धित खबर

Banner News

धनुषाको धनौजीमा मतगणना स्थलमा १५ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

अपराध

जनकपुर: मत गणना गर्दा ४५  वडा मतपत्रको हेर फेर हुँदा तनावग्रस्त, ८ राउण्ड हवाई फाइरिङ्ग

समाज

सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

राजनीति

महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदै

राजनीति

गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगरमा कांग्रेसको अग्रता

ताजा अपडेट

धनुषाको धनौजीमा मतगणना स्थलमा १५ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

जनकपुर: मत गणना गर्दा ४५  वडा मतपत्रको हेर फेर हुँदा तनावग्रस्त, ८ राउण्ड हवाई फाइरिङ्ग

सबैला नगरपालिका वार्ड नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार साह बिजयी

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदै

गठबन्धनका उम्मेद्धारको सुरुवाती अग्रता

माँ राजदेवी मिडिया प्रा. लि. द्धारा सञ्चालित मधेशपाटी डट कम डिजिटल अनलाइन पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई मधेश पाटी खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ ।

हाम्रो बारेमा

माँ राजदेवी मिडिया प्रा. लि. द्धारा सञ्चालित
मधेशपाटी डट कम
कम्पनी दर्ता नं : २८१८५८/०७८/०७९
पान नं. ६१०१९५७८१
सञ्चालक तथा सह-सम्पादक: शम्भु पण्डित
प्रधान कार्यलय : जनकपुरधाम , मधेश प्रदेश (नेपाल)
सम्पर्क :9804895884/9844572686
ईमेल:reportershambhu138@gmail.com
ईमेल:madheshpationline@gmail.com
विज्ञापनको लागि : ९८०४८९५८८४

जिल्ला प्रतिनिधी

धनुषा : श्याम सुन्दर कर्ण / शिवशंकर पण्डित
सिरहा : सबिन यादव

महोत्तरी : धर्मेन्द्र कुमार यादव 
रौतहट : रबिन्द्र प्रजापति 9807172073
बारा : पवन प्रसाद साह
पर्सा : धर्मेन्द्र प्रसाद यादव
सर्लाही : राधेश्याम कुशवाहा
सप्तरी :

MadheshPati Patrolling Team

अजय पण्डित 9816811250

© 2021- Madhesh Pati

  • होमपेज
  • समाचार
  • राजनीति
  • विशेष
  • समाज
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • विचार
    • अन्तराष्ट्रिय
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक विश्व
    • विज्ञान/प्राविधि