सबिन तामाङ,महोत्तरी । महोत्तरीकाे बर्दिवास नगरपालिका वडा नम्बर ११ स्थित सामाजिक संस्था श्री सगुन सामुदायिक समाज नेपालको गत असोज २० गते शनिवार १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
वर्षातका कारण निर्धारित समय भन्दा केही ढिला गरि सुरु भएको सभाका सभापति सगुनका अध्यक्ष तिर्थध्वज बलले गर्नु भएको थियो।
प्रमुख अतिथि बर्दिवास ११ का अध्यक्ष पुर्ण बहादुर बल द्वारा दीप प्रज्वलन गरि उद्घाटन गरिएको सभामा उपस्थिति ब्यबस्थापन र रेकर्ड सचिव अम्बिका श्रेष्ठले गर्नुभएको थियो भने सम्पूर्ण उपस्थितहरुलाइ स्वागत सहसचिव राजन राउतले गर्नु भएको थियो ।
विशेष अतिथी बर्दिवास नगरपालिकाको कार्यपालिका सदस्य तिर्थ बर्मशाखा,सर्वदलीय प्रतिनिधिहरु, पत्रकार ,आयोजक संस्थाको संस्थापक प्रतिनिधिहरु, संस्थाका सदस्यहरु, पर्यवेक्षक, विद्युत उपभोक्ता तथा संस्थाको शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो।
संस्थाका लेखापाल निरज गौतमले आर्थिक बर्ष ०७९/०८० को लेखा बिवरण सुनाउनुका साथै सहभागी बाट उठेका सम्वन्धित सवालहरुको जवाफ दिनुभएको थियो।
सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बर्दिबास नगरपालिका वडा ११ का अध्यक्ष पुर्ण बहादुर बल ( गोपाल) ले संस्थाको हालको समिती सामान्य पृष्ठभुमि बाट आएर अतुलनीय कार्य गरिरहेकाले आफू अत्यन्तै आशावादी भएको भन्दै तारिफ गर्नुभएको छ।
ग्रामीण विद्युत अन्तर्गत स्थानीय विद्युत वितरणको अभिभारा सम्हालेको सगुन संस्थाले पहिलेको तुलनामा धेरै सकारात्मक परिवर्तनको फट्को मारेको र आगामी दिनमा संस्थाको बृहत्तर हितका निम्ति लागि परिरहेको भन्नुहुदै अध्यक्ष तिर्थध्वज बल द्वारा प्रस्तुत आर्थिक वर्ष ०७९/०८० को प्रगती विवरण र भावी कार्यक्रम माथी बृहत छलफल गरि, प्रस्तुत भावी कार्यक्रमहरु सर्व सम्मतिले पारित गरि सप्पन्न भएको छ।
एडिबीको सहयोग र सगुन लगायतका विभिन्न संघ संस्था संगको सहकार्यमा सञ्चालन भैरहेको कार्यक्रमको उद्धम विकास परियोजनाका अधिकृत टंक दियालले आजको यस कार्यक्रमको उत्कृष्ट सञ्चालले कार्यक्रम गरिमामय र रोचक बनेको थियो ।








प्रतिक्रिया