सिरहा । सिरहा जिल्लाकाे एक सामुदायिक विद्यालयका प्रधानाध्यापक झुन्डिएको अवस्थामा फेला परेका छन् ।
गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
मिर्चैया नगरपालिका वडा नम्बर ६ का बासिन्दा साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खाेजतलास भएको थियो । खोज/तलास गर्ने क्रममा बिहान ११ बजेतिर विद्यालयको तेस्रो तल्लामा निर्माणाधीन सभा हलमा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा केही रगतका टाटा देखिएकाले घटना शंकास्पद रहेको आरोप परिवारजनले लगाएका छन् ।








प्रतिक्रिया