महोत्तरी । महोत्तरी जिल्लाकाे गौशाला नगरपालिका–८ स्थित महादेव मन्दिर सडक खण्डमा प्रहरीद्वारा चेकजाँचको क्रममा अवैध लागूऔषध गाँजा र मोटरसाइकलसहित दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
साे मोटरसाइकल चेकजाँचको क्रममा उक्त सेतो प्लाष्टिकको बोरामा बेरिएको ५.२८० किलो र ५.३७० किलो गरी दुई पोका, जम्मा १० किलो ६५० ग्राम (१०.६५० कि.ग्रा.) लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय, गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ढल्केबर, महोत्तरीबाट खाल्टे बजारतर्फ आउँदै गरेको BR 30 W 1309 नम्बरको १५० सी.सी. क्षमताको रातो–कालो रंगको पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो।
मोटरसाइकल चालक जिल्ला महोत्तरी, सोनमा गाउँपालिका–३ स्थायी रामदेव बैठाको नाती तथा इन्द्रजित बैठाको छोरा अन्दाजी २० वर्षका हरेन्द्र बैठा रहेका छन् भने मोटरसाइकलमा सवार रामदेव बैठाकै नाती तथा राम छबिलाल बैठाको छोरा अन्दाजी २१ वर्षका अर्जुन बैठा रहेका छन् ।
प्रहरीका अनुसार एक पोका गाँजा मोटरसाइकलमा राखिएको सेतो प्लाष्टिकको बोराबाट र अर्को पोका अर्जुन बैठाले पछाडि बोकेको कालो झोलाबाट बरामद गरिएको हो ।
बरामद गरिएको लागूऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय, गौशालामा ल्याइएको छ। घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया