जनकपुर : बाक्लो हुस्सुले दुर्घटनाको जोखिम बढेपछि धनुषामा ट्राफिक सचेतना अभियान

न्यूज डेस्क     २०८२ पुष १२, शनिबार ०८:१८ बजे मा प्रकासित


जनकपुरधाम । बाक्लो हुस्सु र शीतलहरका कारण सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ‘सडक दुर्घटना विरुद्ध युवा–२०८२’ कार्ययोजनाअन्तर्गत सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।सवारी साधनहरूमा रिफ्लेक्टिभ स्टिकर टाँसिनुका साथै चालक, सहचालक र यात्रुहरूलाई लक्षित गर्दै सडक सुरक्षा सम्बन्धी जानकारी प्रदान गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार कार्यक्रममा सडक दुर्घटना हुने प्रमुख कारण हुस्सु तथा कम दृश्यताका बेला अपनाउनुपर्ने सावधानी, रक्षात्मक सवारी चलाउने तरिका, ट्राफिक नियम र सडक अनुशासन, जिम्मेवार सवारी संस्कृतिको विकास तथा कानुनी पक्षबारे प्रशिक्षण र सचेतना दिइएको छ ।ट्राफिक प्रहरीले जाडोयाममा विशेषगरी बिहान र साँझको समयमा सवारीको गति नियन्त्रण, बत्तीको सही प्रयोग तथा अन्य सुरक्षात्मक उपाय अनिवार्य रूपमा अपनाउन सबै सवारी चालकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया





Top