अमित ठाकुर, रौतहट । करदाता सेवा कार्यालय खारेजीको बिरुद्धमा रौतहटका व्यपारीहरु आन्दोलित बनेका छन्। जेन जेड आन्दोलन पश्चात् बनेको यो अन्तरिम सरकारको यो गलत निर्णय बिरुद्ध रौतहटका व्यपारीहरु आन्दोलित बनेका छन्।
उधोग बाणिज्य संघ रौतहट आयोजना यो करदाता सेवा कार्यालय खारेजी तुरुन्त सच्याउन पटक पटक बिरोध प्रदर्शन गरेता पनि यो अन्तरिम सरकारले बास्ता नगर्दा हामी आज बाट रिले अनसन सुरु गरेका छौँ रौतहट उधोग बाणिज्य संघका अध्यक्ष रबिन्द्रनाथ गोपालीले बताए। सदरमुकाम गौरमा करदाता सेवा कार्यालयको आफ्नो निजी जग्गा र भवन हुँदाहुँदै यो काम चलाउ सरकारले संविधान बिपरित गरेको यो निर्णय यो कदापि हामी मान्ने छैनौं, यो निर्णय तुरुन्तै न सच्याए उधोगी व्यपारीहरु बाट हुने छतीको जिम्मेवारी यो अन्तरिम सरकारले नै लिने अध्यक्ष गोपालीले बताए।
करदाता सेवा कार्यालय खारेजीको निर्णय तुरुन्तै सच्याउन आज हामी सबै एक भई करदाता सेवा कार्यालय अगाडि धर्नामा बसेका छौं। उधोग बाणिज्य संघ रौतहटको आयोजनामा र पुर्व प्रदेश सभासद बाबुलाल साह ज्युको प्रमुख अतिथिमा सो धर्ना कार्यक्रम सुरु गरिएको उधोग बाणिज्य संघका महासचिव संतोष केशरीले बताए।
यो अन्तरिम सरकारका अर्थ मन्त्री रामेश्वर खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादवलाई करदाता सेवा कार्यालय खारेजी विरुद्ध ज्ञापनपत्र बुझाउँदा उक्त कार्यालय नसर्न उधारो तथा मौखिक आश्वासन दिएपछि चिन्ताजनक बिषय हुँदा हामी धर्नामा बसेका निर्माण ब्यवसायी संघका कोषाध्यक्ष बिक्रान्त नेपालले बताए।







प्रतिक्रिया