पदमुक्त भएका सम्सी गाउँपालिका अध्यक्ष शेष फारुकलाई सर्वोच्चद्वारा पुनर्वहाली

न्यूज डेस्क     २०७८ असार १८, शुक्रबार १७:३९ बजे मा प्रकासित


जनकपुरधाम :  महोत्तरीको सम्सी गाउँपालिकाको अध्यक्ष शेष फारुकलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निणर्य तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

न्यायाधीश डा. श्री कुमार चुँडालको एकल इजलासले आज शुक्रवार शेष फारुकको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो।

आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुख/अध्यक्ष भएको र उनले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूणर्ीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निणर्य कार्यन्वयन नगर्न भनिएको छ।

यस अघि पनि रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निणर्य तत्काल कार्यन्वयन नगर्न भनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिईसकेको अवस्था रहेको छ।
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा सम्सी गाापा अध्यक्ष शेष फारुक सहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो।

सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।

प्रतिक्रिया





Top