सबैलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज वृहत् जनसभा गर्दै

शम्भु पण्डित     २०८२ फाल्गुन १०, आईतवार ०६:०५ बजे मा प्रकासित


जनकपुरधाम । सभामा रास्वपा पार्टीका केन्द्रिय प्रवक्ता मनिष झा केन्द्रिय सदस्य श्री डा. नन्दन यादव र Gen-Z अगुवा तथा रास्वपाका समानुपातिक उम्मेदवार पुरुषोत्तम यादव सहभागी हुनेछन्।

सबैला बजारकाे खुल्ला मञ्चमा बिहान १२ बजेदेखि सुरु हुने सभामा हजारौँको उपस्थिति रहने बताइएको छ। जिल्लाबाट प्रत्यक्ष उम्मेदवारहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र १ मा किशोरी साह कमल उम्मेदवार छन्।

धनुषा निर्वाचन क्षेत्र १ मा आज फाल्गुन १० गते आइतवारका दिन १२ बजे सबैला नगरपालिकाको वडा न. ३ मा रहेको सबैला बजारको खुल्ला प्राङगनमा राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत जनसभा भएको हुंदा सो जनसभामा सम्बोधन गर्ने रास्वपाका केन्द्रिय प्रवक्ता मनिष झा ज्यू, केन्द्रिय सदस्य श्री डा. नन्दन यादव ज्यू, Gen-Z अगुवा तथा रास्वपाका समानुपातिक उम्मेदवार पुरुषोत्तम यादव , धनुषा क्षेत्र न. १ को प्रतिनिधी सभाका उम्मेदवार श्री किशोरी साह (कमल) , समानुपातिक उम्मेदवार श्री देवनारायण मंडल ज्यू लगायतका नेतागण ले सभाको सम्बोधन गर्ने हाे । धनुषा १ का क्षेत्रीय सभापति जमुना प्रसाद रायले बताएका छन ।

 

प्रतिक्रिया





Top