गौशालाको ईलाका प्रहरी कार्यालय डुवानमा ।।

न्यूज डेस्क     २०७८ असार १९, शनिबार ०८:२५ बजे मा प्रकासित


गौशाला : देशभर मनसुन गतिविधि सक्रिय भएपछि प्रकृति विपतिपनि आईलागेका छन् । महोत्तरीको गौशाला बजार भित्र पस्ने सम्पूर्ण नाकामा पानीको वहावले अवरुद्ध बनाएको छ ।

विहान आएको भारी वर्षाले सो क्षेत्रको बाटो अवरुद्ध गरेको हो । लगातार झरीको कारण भौतिक तथा मानवीय खतारा बढने स्थिती बन्दै गएको छ । प्र्रत्येक वर्ष यसरी नै डुवान भई रहदा पनि नगरपालिकाले अगामी कदम नचाल्नु दुरभाग्यको विषय बनेको छ ।

खास गरेर गौशाला बसपार्क देखी प्रहरी कार्यालय जाने बाटो, नगरपालिका जानेबाटो र निगौल चौक देखी बजार आउने बाटोमा वर्षाको पानीले पूर्णरुपले अवरुद्ध बनाएको छ । नगरपालिका कुनै चासो नदेखाए पछि थाना अगाडी राखिएको जेसिवीले तिनै नाकामा पानी जान बाटो काटेपछि राहत महसुस भएको स्थानीय रामचन्द्र राउतले बताए । बाटो अवरुद्ध भए पछि आवतजावतमा समेत बाधा उत्पन्न भएको छ ।

वर्षाको पानीले ताण्डव मच्चाए पनि स्थानीय जनप्रतिनिधिहरु मस्त निन्द्रामा सुत्नु कतिको जायज हो भन्ने कुरा यहाँहरुले बुझनुहुनेछ । दिनरात जनताको ज्यानधनको सुरक्षामा लागेका प्रहरी आज आफ्नै पोष्ट भित्र पानी पसेपछि विहानै देखी भोकभोकै बसेका प्रहरीहरुकोलागी नगरपालिकाको एकछाक खानाको व्यवस्थापनतर्फ ध्यान नजानु लज्जास्पद विषय हो ।

यति हुँदा हुँदै पनि जनताको हितकोलागी ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरीहरु विहान देखी ज्यानधनको छति नहोस भनी लागी परेका छन् । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्याल भन्नुहुन्छ सबै जना सुरक्षित हुन पानीको वहाव तिर नजानु, रेडियो, टेलिभिजन, माइकिङ्ग जस्ता संचारमाध्यमको सम्पर्कमा बस्नुहुन, कही त्यस्तो पानीको कारण अवस्था गम्भीर भएमा जानकारी आउन साथ आवश्यक स्थानमा हामी पुगी सहयोग पु¥याउन हरेक समय तयारी अवस्था रहेको आग्रह समेत गरेका छन् ।

घरभित्र पानी पसेको अवस्थामा हुने पिडा त्यही घरपरिवारलाई थाहा हुन्छ तर यँहा पानीको वहावको रमाईलो हेर्नेहरुको लहर्को लागीरहेकोछ । पानीको वहावमा पसि कतिले सेल्फी लिनमा वेस्त छ त , कति टिकटक बनाउनमा वेस्तछ तर यसो गर्नाले डुवानमा परेका व्यक्तिहरुको मनोबललाई ठेस पु¥याउनु वाहेक अरु केही होइन जस्तो लागेकोछ । बरु यस्तो समयमा विहान देखी घरपरिवार बचाउनका लागी परेकाहरुलाई एक छाक गाँसको व्यवस्था गरी दिएको भए मानवताको पहिचान हुने थियो तर दुरभाग्यवस त्यसो भएको देखिदैन ।

उता मरहाखोलामा पानीको वहाव निकै बढेकोछ । मरहाखोलाको वहावको कारण दक्षिण तर्फ रहेको वस्तिहरुमा जोखिम परेको छ । हालसम्म कुनै किसिमको अप्रिय घटना घटेको छैन ।

प्रतिक्रिया





Top