महोत्तरीमा ग्यास लिक भएर आगलागी

मधेशपाटी अनलाइन     २०७८ असार २०, आईतवार १८:१४ बजे मा प्रकासित



महोत्तरी : ग्यास लिक भई आगलागी हुँदा महोत्तरीको जलेश्वर नगरपालिका १२ स्थित थरुवाहीमा आगलागी भएको छ ।
स्थानीय सुरेश मल्लिककोे घरमा रहेको भान्छामा आज बिहान ग्यास लिक भई आगलागी हुँदा ३० हजार मूल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट लत्ताकपडा, फर्निचर, भडा वर्तन लगायत समानहरु जलेर नष्ट भएको प्रहरीले गरेको छ । आगलागीबाट मानवक्षित नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।

 

 

प्रतिक्रिया





Top