कोरोना अपडेट  : १ हजार ६०३ जनामा कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

न्यूज डेस्क     २०७८ असार २०, आईतवार १८:१७ बजे मा प्रकासित


काठमाडौं : पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ ।
त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया





Top