६२ लाखमा सजिएर विवाहमा पुगिन् उर्वशी

मधेशपाटी अनलाइन     २०७८ असार २१, सोमबार ०७:४३ बजे मा प्रकासित


अभिनेत्री उर्वशी रौतेला हट एण्ड ग्ल्यामरस तस्बिरमा कारणले हमेसा सामाजिक सञ्जालमा छाउने गर्छिन् । उनी अक्सर बाहिर निस्कँदा त्यस्तो आर्कषक लुक्स बनाउँछिन् । जसको चर्चा सधै हुने गरेको छ । केही दिन अगाडि पनि उनी ६२ लाखको लुक्समा एक विवाह समारोहमा पुगेकी थिइन् । उनको सो लुक्सको तस्बिर अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।

विवाहमा उनी ट्रेडिशनल लुक्समा पुगेकी थिइन् । ग्रीन कलरको राजस्थानी बन्धनी लेहंगामा उनी निकै आकर्षक देखिएकी थिइन् । पहिरनका साथ उनले मिल्दो गहना र हल्का मेकअप समेत प्रयोग गरेको देख्न सकिन्थ्यो ।
यो लुक्सका अभिनेत्रीले तस्बिरका केही पोज समेत  दिएकी छन् । जुन तस्बिरलाई फ्यानले मनपराएका छन् । उक्त विवाहका लागि उनले लगाएको लेहंगाको मुल्य ४ लाख र गहनाको मुल्य ५८ लाख बताइएको छ । उनको यो लुक्सले सबैलाई आकर्षित समेत गरेको छ ।

प्रतिक्रिया





Top