राजविराज : भारतबाट लागूऔषध ल्याउँदै गर्दा एक महिलासहित दुई जनालाई आइतबार लागु औषधसहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बिओपी तिलाठीका बरिष्ठ हवल्दार बिनोद कुमार यादवको कमाण्डमा गएको गस्ति टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ११ बस्ने ३३ वर्षिय चोलाधर पोखरेल र सप्तरीको सुरङ्गा नगरपालिका वडा नम्वर ९ पिप्राह बस्ने ३० वर्षिया रोमा बिकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आउँदै गर्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियामा शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुका साथबाट डाइलेक्स १० थान, नाइट्राजेपम ट्यावलेट २० पिस र स्पास्पोर भोनप्लस १ सय ४४ पिस बरामद भएको सशस्त्र प्रहरी बिओपी तिलाठीले जनाएको छ ।
यता पक्राउ परेका दुबैजनामाथी आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया