राजविराज : सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा रहेको ३ सय ४० जना हरवा चरवा परिवालाई राहत वितरण गरेको छ ।
गाउँपालिका भित्र बसोवास गरेका ३ सय ४० जना हरवा चरवा परिवारहरुलाई राहत वितरण गरेको हो । मानव अधिकार तथा ग्रामीण युवा परिवर्तन (हुर्क) नेपाल संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता पार्थो सरकारले राहत वितरण गरेका हुन् । द फ्रिडम फण्डको सहयोगमा २० केजी चामल, १० केजी पिठो, आयो नुन १ केजी, मसुरो दाल ५ सय ग्राम, सनफलावर तेल १ लिटर. हात धुने साबुन २ पिस., मास्क ४ वटाका दरले प्रत्येक परिवारलाई रहात वितरण गरेको संस्थाका अध्यक्ष सरकारले बतताए ।
उक्त राहत वितरण कार्यक्रममा कार्यक्रममा पूर्व गाविस अध्यक्ष नित्यानन्द सिंह, वडा सदस्य दिनेश प्रसाद सिंह, वडा सचिव राम प्रसाद सिंह, हरवा चरवा जिल्ला सदस्य प्रसाद सरदार, भुटानी देवी राम, हरवा चरवा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष हरिदेव राम, हरवा चरवा सदस्य ओकिल मंडल, हुर्क नेपालका सुपरभाइजर दिपक कुमार सिंह, सहजकर्ता गजेन्द्र मंडल, सुरज राउत, घनश्याम राम, हरवा चरवा महिला बचत तथा ऋण समुहका अध्यक्ष सरिता देवी सरदार, गिता रजक, रोशन खातुन, सैफुन खातुन,रामप्यारी पासमान, रिता मंडल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया