काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।
सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यस्तै कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगले अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन गर्ने जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोगद्वारा जारि गरिएको विज्ञप्ति जनाएको छ ।
प्रतिक्रिया