राजविराज : जिता नदिनको बाध भत्किदा एक गाउँका २ सय घर परिवार डुबानमा परेका छन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर १० कदमाहा गाउँ डुबानमा परेका हो ।
जिता खोलाबाट अचानक बाढि आउँदा कदमाहा गाउँका २ सय घर डुबानमा परेको वडाअध्यक्ष सुशिल दासले जानकारी दिए । वडाअध्यक्ष दासका अनुसार सोमबार बिहान देखि अचानक पानिको सतह बढेपछि सो बस्ति पुरै डुबानमा परेको जानकारी दिए ।
घर घरमा झण्डै ४÷५ फिट सम्म पानी जमेको तथा जसमध्ये २५ परिवार पुर्ण रुपमा डुबानमा परेको वडाअध्यक्षले बताए । जिता खोलाको बाध भत्किएपछि गाउँमा बाढि आएको स्थानीय बासीहरुको भनाई रहेको छ ।
लगातार वर्षाका कराण राजविराज नगरपालिकाको वडा नम्वर २, १०, १२, १५ का केही घर डुबानमा परेको छ ।
उनीहरुको लागि खटिसकेको तथा बाढि पिडितहरुको उद्धार तथा राहतका लागि समेत आवश्यक पहल भइरहेको राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले जानकारी दिए ।
सप्तरीको हनुमाननगर कंकालनि नगरपालिका वडा नम्वर ११, १२, १३ र १४ का झण्डै ५ सय घर समेत डुबानमा परेका छन । जिल्लाको हनुमाननगर कंकालनि नगरपालिकाका वडा नम्वर १३ गोबरगाढा स्थित कोशि टप्पुका झण्डै ३ सय घर परिवार डुबानमा परेको हनुमाननगर कंकालनी नगरपालिकाका मेयर शैलेश प्रसाद साह जनाकारी दिए ।
सप्तरीमा बर्सेनि विभिन्न खोला तथा नदिबाट आएको बाढिले यहाँका जनताहरु पिडा खेपदै आई रहेका छन् । यसलाई नियन्त्रण गर्नका लागि हाल सम्म सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयहरुको आरोप रहेको छ ।
प्रतिक्रिया