रौतहटमा एक वडा अध्यक्षद्धारा इन्जिनियरमाथी हातपात

न्यूज डेस्क     २०७८ असार २२, मंगलवार ०७:३६ बजे मा प्रकासित


सरताज आलम, रौतहट ।  रौतहटमा एक वडा अध्यक्षले इन्जिनियरमाथी हातपात गरेका छन ।

रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर १० का वडा अध्यक्ष मनोज भनिने योगेन्द्र चौधरीले सोमबार सो नगरपालिकाका इन्जिनियर फिरोज आलमलाई हातपात गरेका हुन । इन्जिनियर आलममाथी हातपात गर्ने क्रममा कार्यालयमा रहेको कम्प्युटर तथा प्रिन्टिर तोडफोड भएको छ ।

आफ्नो वडामा कुनै किसिमको कार्य नै नगरि रकम भुक्तानीको लागी आवश्यक कागजात बनाउन वडा अध्यक्ष चौधरीले इन्जिनियर फिरोज आलमलाई दवाव दिदै आएका थिए ।

इन्जिनियर आलमले काम नै नगरि बिल तथा अन्य आवश्यक कागजात बनाउन अस्वीकार गरेपछि वडा अध्यक्ष चौधरीले हातपात गरेको र सो क्रममा कार्यालयका रहेको कम्प्युटर तथा प्रिन्टरमा क्षति पुगेको हो ।

वडा अध्यक्षले इन्जिनियर आलमलाई हातपात गरेपछि वडा अध्यक्ष योगेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । थप कारवाहीका लागी चौधरीलाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top