महोत्तरी। धनकी भण्डारी माली र उनका दुई भाई छोरा करिव ६ धुर जग्गामा छुटटा छुटटै घर बनाएर वस्दै आएका छन । सोनमा गाउपालिकाको वडा नं. ३ खखना निवासी धनकी शारिरिक रुपले अशक्त छन । वैसाखीको सहारामा गाउ घरमा फुल माला दिएर दिविकोपार्जन गर्दै आएका धनकी गत असार १६,१७,१८ र १९ गते परेको अविरल वर्षाले पिडित भएका हुन । भएको फुसको छानो वर्षाले खसालेपछि उनको उठिवासकै अवस्था आएको छ भने उनको दुई भाई छोरा मदन भण्डारी माली र जोदन भण्डारी मालीको परिवार समेत छिमेकिको घरमा गास र वासको लागि आश्रय लिन बाध्य भएका छन ।
मदन र जोदन मजदुरी गर्न असार पहिलो साता नै भारतको पंजाव गएकोमा घरमा रहेका उनका श्रीमति र वालवालिकाहरु वर्षाले घर वस्नै लायक नहुदा छिमेकीको सहारा लिन बाध्य भएका हुन ।
सडक भन्दा होचो स्थानमा फुसको तिन थान घर रहेको उक्त परिवार वर्षाको पानी सिदै कोठा भित्रै पस्दा भान्सा गर्दै आएको चुल्हो समेत टुटेको छ । घर भरि पानी र हिलोले कोठा र आंगनमा एकछिन उभ्न समेतको अवस्था नहुदा उनको परिवार विचल्लीमा परेको हो ।आर्थिक रुपले अति विपन्न उक्त परिवारले सहयोगको लागि याचना गरेका छन । गाउमा केहि पक्की सडक बनाइएपनि सडकसंगै नालाको व्यवस्था नहुदा पानी निस्कने ठाउ अभावमा उनीहरुको घर टुटेको बताउछन ।
सोहि ठाउमा वर्षाको पानी निस्कने ठाउ नहुदा उपेन्द्र भण्डारी,सिकिन्द्र भण्डारीको समेत विजोग छ । घरका माटोको भित्ताहरु सवै टुटेर घर वस्नै लायकको अवस्थामा नरहेको उपेन्द्र भण्डारीकी श्रीमति बताउछिन । यता गाउकै तपेश्वर यादव र वैजु यादवको घर नै नालामा परिणत भयो । गाउको पानीको निकास नहुदा गाउलेहरुले ग्राभेल सडकको विचवाटै नाला सोझ्याए । उक्त पानी सवै वैजु र तपेश्वरको घरमै पसेर उनीहरुको उठिवास गराएको छ ।यता शंकर साह र मोहन साहको कहानीमा फरक भने छैन । सडक भन्दा झन्डै दुई देखि तिन फिट गहिरो ठाउमा घर हुदा पानीसंगको उनको अनुभव समेत सकारात्मक भईदिएन ।
स्थानिय सरकारले गाउ गाउमा पिसिसि ढलान गरेर वाहवाही लुट्न प्रयास गरेपनि सडकसंगै नालाको वन्दोवस्त गर्न नसक्दा उक्त विकासले विनासको रुप लिएको स्थानिय दिनेश यादव बताउछन ।
उनले वर्षाको कारण उठिवास भएका परिवारहरुको उद्धारको लागि सरोकारवाला निकायहरुलाई गुहारेका छन । धनकिकै घर वर्षाले पुर्णरुपमा क्षतिग्रस्त गर्दा स्थानिय निकाय र प्रहरीलाई समेत खवर गरेपनि सवैले नाम लेखेर लगेपनि हालसम्म उक्त परिवारहरुलाई राहत उपलब्ध नगराइएको उनी बताउछन ।यता वडाअध्यक्ष पुलिन्द्र कुमार यादवले समस्या समाधानको लागि प्रयास भने गरिरहेको बताए ।
उक्त समस्या भने सोनमा ३ को खखनामा मात्र नभई चार दिनको निरन्तरको वर्षाले मनरा सिस्वा नगरपालिका वडा नं. ९ का शिव शरण साहको घरमा समेत पुर्ण क्षति गरेको छ भने वडा नं. १ का नागेन्द्र रामको गाईगोठ भत्काएको छ । त्यसतै वडा नं. ४ का राम सेवक सहनीको घरमा समेत पुर्ण क्षति पुर्याएको छ ।
त्यसतै जलेश्वर नगरपालिका वडा नं. ५ का घनश्याम कापर,मिश्रीलाल कापर,राम सुधिर कापर,झौली महराको घरमा समेत क्षति पुगेको छ । यता वडा नं. २ का सुनिल मुरर समेतको विजोग भएको छ ।
अधिकांश कच्चि घरमै क्षति पुगेको महोत्तरीका विभिन्न पालिकाहरुमा स्थानिय सरकार वा अन्य कुनै निकायबाट हालसम्म सहयोग नपुगेको पिडितहरुको गुनासो छ ।यता सोनमा गाउपालिकाकै वडा नं. ४ का दुःखा महतोको घरमा पुर्ण क्षति र वडा नं. ३ कै रघुनाथपुर निवासी राम सिनेही यादवको घरमा सामान्य क्षति पुगेको प्रहरी तथ्यांक भएपनि उनीहरु समेत राहतकै प्रतिक्षामा वस्नु परेको पिडा छ ।
अविरल वर्षाले एकडारा गाउपालिका ३ र ४ का क्रमश संजिव सदा र रामचन्द्र विन तथा शम्भु रायको घर समेत वस्ने अवस्थामा छैन । यता महोत्तरी गाउपालिका २ का नागेन्द्र चौधरी समेतको अवस्था उस्तै छ ।
केहि स्थानमा घरमै पानी पसेर घर वस्नै लायकको समेत नहुदा उनको विवरण नै संकलन गरिएको छैन भने उनीहरुले समेत आफु पिडामा रहेको भनेर सरोकारवाला निकायहरुलाई जानकारी गराउन सकेका छैनन ।
जिल्ला भरि चारदिने वर्षाले घर भित्रै पानी पसी घर नै ध्वस्त हुने अवस्था आउनुमा मुख्य भुमिका भने घर होचो र नाला विनाको सडक नै रहेको पिडितहरुको गुनासो छ । यता स्थानिय निकायहरु भने आफुहरुले गाउका केहि थान सडक पक्की बनाएकोमा मख्ख भएपनि नाला विनाको सडकले गरेको विनासको पिडा ति विपन्न वर्गले मात्र बुझ्न सकेका छन ।
यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराईले पुर्ण र आंशिक क्षति पुगेको परिवारलाई राहत दिने वताएका छन । उनले स्थानिय निकाय र प्रहरीको समन्वयमा उपलब्ध तथ्यांकको आधारमा राहत दिने तयारी रहेको बताए ।
(फोटोफिचर)
प्रतिक्रिया