कतारबाट नेपालमा सहयोग पठाउने व्यक्तिलाई दूतावासद्वारा सम्मान

न्यूज डेस्क     २०७८ असार २८, सोमबार २०:१२ बजे मा प्रकासित


रामएकवाल राम दोहा-नेपालमा कोरोना माहामारिको बेला सहयोग पुर्याउने विभिन्न संघ संस्था तथा व्यक्तिलाई कतार स्थित नेपाली दूतावासले समान गरेको छ।

दूतावासको कार्यलयमा हिजो भएको एक संक्षिप्त्त कार्यक्रममा राजदूत डा.नारदनाथ भार्द्वाजले दुई संस्था तथा ४८ जना व्यक्तिहरुलाई सम्मान पत्र सहित सम्मानित गर्नु भएको थियोे ।सम्मानित हुनेहरुमा अल अलि इन्टरप्राईजेजका अध्यक्ष अल अलि सफारी ग्रुप अफ कम्पनीका एह आर म्यानेजर अनुप धुलासिधारन र नेपाल बिजनेस एसोसिएसन कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईं तथा उक्त संस्थाका पदाधिकारीहरु तथा सदस्यहरु थिए ।संस्थागत रुपमा नेपाल ईन्जिनियरीङ्ग एसोसिएसन दोहा सेन्टर समेत सम्मानित भएको थियोे ।

राजदूतवासको संरक्षकत्व र बिजनेस एसोसिएसन कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईंको संयोजकत्वमा गठन भएको कोभिड-१९ क्राईसिस रिलिफ एन्ड सपोर्ट ग्रुपले सङ्ठनका पदाधिकारी लगायत सदस्यहरुको समेत सक्रियतामा १ करोड २० लाख बराबरको १४ थान भेन्टिलेटर ४२ अक्सिजन कन्स्ट्रेटर २१०० थान् पल्स अक्सिमिटर र नेजल क्यानुला ५० थान गरि जम्मा २२०६ थान स्वास्थ समाग्री खरिद गरि नेपाल स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको थियोे ।

प्रतिक्रिया





Top