सिराहामा ३ वर्षीय बालक बेपत्ता,प्रहरी मौन परिवारजन अपहरणको आशंका

मधेशपाटी अनलाइन     २०७८ असार २९, मंगलवार ०५:३८ बजे मा प्रकासित



सिरहा। सिराहामा खुल्ला चाैउरमा खेलिरहेका ३ वर्षीय बालक बेपत्ता भएका हुन ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ३ बलुवाटोल बस्ने श्रवन यादवका ३ वर्षीय छोरा (गोलु ) भन्ने संसार यादव आइतबार साँझादेखि बेपत्ता भएका हुन ।

घर भन्दा १ सय मिटर उत्तर चौरमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् ।

बालक बेपत्ता हुन् लगतै प्रहरीलाई खबर गरेपनि उनीहरु अहिले मौन देखिएको स्थानीयहरुले गुनासो गरेका छन ।

प्रतिक्रिया





Top