काठमाडौं । एसईई को नतिजा आगामी साउनमा सार्वजनिक गरिने भएको छ ।
२०७७ सालको राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले विद्यालयहरुलाई आन्तरिक मुल्याकंन गरि असार २० गतेभित्र शिक्षा विकास तथा समन्वय इकाइमा विवरण पठाउन भने पनि कतिपय क्षेत्रमा प्राकृितक प्रकोपका कारण ढिलाइ भएको छ ।
विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने समय तोकिएको छ । प्राप्तांकको पुनः परीक्षण र अन्य प्राविधकि कामहरु सकेर साउन मसान्तसम्ममा नतिजा सार्वजनिक गर्न सकिने परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गत एसईईका लागि देश भरिका पाँच लाख १७ हजार १२२ जनाले रजिष्ट्रेसन फाराम भरेका थिए । एसईईका नतिजा प्रकाशनको प्रक्रियामा रहेपनि उपत्यकाका अधिकांश नाम चलेका कलेजहरुले विद्यार्थी भर्नाका लागि रकम असुलिरहेका छन् । यस पटक कक्षा ११ को परीक्षा सहज रुपमा लिन सकिने भएकाले नयाँ भर्नाका लागि समस्या नहुने पनि राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
प्रतिक्रिया